[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिर्सन नसक्ने क्षण

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 22134 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-13-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्सन नसक्ने क्षण

साझामा दिपीकाका पूजा र सारिका जस्ता साथीहरुको बयान सुने पछि, मेरो मानसपटलमा एउटा पुरानो क्षण फेरि जिवन्त बनेर आएको छ! साथीले त सुखमा दु:खमा साथ दिन्छन्, म उसलाई साथी भन्न कहाँ सक्छु र ! उ त बस् मेरो जीवनमा केही समयको लागी आई, क्लासमेट बनेर, अनि कहिले बिर्सन नसकिने, त्यो बेला मा असाध्यै चित्त दुखेको अनि अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्ने घटना दिएर गई ।

 

कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ । म सँगै एउटै बेन्चमा बस्थी ऊ, निशी, लाउरेकी छोरी भएकीले होला, मेरो बाबाले ब्रुनाईबाट पठाइदेको भनेर कहिले नयाँ ज्योमेट्री बक्स देखाउँथी, कहिले लामो, घुम्रेको पेन्सिल । म चुप लागेर “ए..” भन्दै हाँसिदिन्थें । मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी, त्यो मलाई राम्रो थाह थियो !! “ आज त निशीले क्या राम्रो पेन्सिल देखाकी नि,”  स्कुलका अरु कुरा सुनाउँदा निशीका कुरा पानि सुनाउँथें म बा-आमालाई । “ तिम्रा बा परे लाहुरे हुने भो नि यस्ता सामान, मेरा बा ता चाउरे हुन्” भनिनस् त? बाले हाँस्दै भन्नुहुन्थ्यो । हामी सबै जना हाँस्थ्यौं अनि आमाले मेरो कपाल मुसार्दै भन्नुहुन्थ्यो “ यो घर बाघ, वन बिरोलोले के भन्न सक्थी “ । बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा ।

 

नयाँ स्कुल जान थालेको २ हाप्ता जस्तो पछि नै होला, मेरी सानीमा काठमाडौं आएर फर्किने दिन थियो, उहाँले म स्कुल जाने बेलामा “ ला! चकलेट किनेर खा “ भनेर १० रुपिंयाको नोट दिनुभयो । मैले त्यो नोट सम्हालेर राखें ।  स्कुल पुगेपछि, निशीले आफ्नो ब्यागबाट ठूलो डेरिमिल्क चकलेट निकालेर देखाउँदै भनी –“ हेर म सँग कत्रो क्याडबरी छ बाबै, लोभ गर्ने होइन है, दिन्न म त !” त्यो दिन त मेरो फुर्ती पनि कमको थिएन “मसँग नि दश रुपियाँ छ, किनेर खाइहाल्छु नि खान मनलागे” मैले भनें । “अँ होला, खै देखाउ त” मलाई नपत्याउँदै भनी उसले । मैले पनि ब्यागबाट दश रुपिंया निकालेर देखाइदिएं । उसले छक्क परेर हेरी । अनि ओठ लोपार्दै भनी –“ यस्तो जाबो १० रुप्यामा नि आउँछ होला नि क्याडबरी” ।

हाम्रो स्कुलमा आफ्नो क्लासरुम आफैं सफा गर्नु पर्थ्यो, एकदिन मा १० जनाको पालो हुन्थ्यो । त्यो दिन हाम्रै पालो थियो । सकिन लागेको थियो काम, निशी कराउन थाली “ मेरो ब्यागको  १० रुपिंया छैन, कसले चोर्यो, म सबको ब्याग चेक गर्छु । “ उसले पहिले अरुको ब्याग चेक गरी अनि म सम्म आई । अहिले सम्झँदा लाग्छ, निशी उमेर भन्दा धेरै बाठी थिई । “ओ हो यहां छ मेरो दश रुप्या, येल्ले पो चोरेकी रैछ “ त्यस दिन भन्दा अगाडि अनि त्यसपछि पनि कहिले कसैले नलाएको आरोप लगाई निशीले मलाई । “त्यो त मेरै हो नी “ आँखा भरि आँशु पार्दै भनें मैले । “ अँ हो, मेरो रुप्या मा नि यस्तै दाग थियो, यही हो मेरो रुप्या म चिन्दिन र” उसले भनी । “तिमी कस्तो नराम्रो मान्छे रैछौ, पख म यो सब कुरा म्यामलाई भन्दिन्छु..” रुँदै अनि स्टाफ रुम तिर जाँदै भनें मैले । अरु सबै साथीहरु मूक दर्शक बनेर हेर्दै थिए, भनुन् पनि के, उनिहरुले मलाई राम्रो सँग चिनेका पनि त थिएनन् ! म स्टाफ रुम तिर गएको देखे पछि निशीले मलाई रोक्दै भनी – “ ल भैहाल्यो, यो अहिले तिमी नै राख, मलाई भोली ५ रुप्या ल्याइदेउ, आधा आधा गरौं । “ “दिन्न म ५ रुपिया पनि, किन दिनु, यो मेरो आन्टीले मलाई देको पैसा हो, आज नभए पनि भोलि त म म्यामलाई भन्दिन्छु, भन्दिन्छु “ उ डराएकी देखेर अलि दह्री हुँदै भनें मैले पनि । निशी मलाई आँखा तर्दै आफ्नो होस्टेल तिर गई ।

त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म । “ त्यस्ले मलाई चोर भनी, म त्यो स्कुल मैं पढ्दिन के, म पुरानै स्कुल जान्छु नि न प्लीज, म त्यो स्कुल जान्न” बा-आमालाई दु:ख दिंदै रुन थालें म । “यस्ता साना तिना कुराले स्कुल नै जान्न भनेर कहाँ चल्छ भन् त ! यस्ता कुरालाई सहन, सामना गर्न पो जान्नु पर्छ, जिन्दगीमा अझै कति स्कुल कलेज जानु छ, कति मान्छेसँग भेट्नु छ, सबै राम्रा मान्छे कहाँ भेटिन्छन् त!” आमाले सम्झाउँदै भन्नुभाको थियो मलाई । “भोली पनि केहि भनी भनें, पर्सी तेरो क्लास टीचरलाई भेटेर कुरा गर्छु म, केही हुन्न नडरा, गल्ती नगरे पछि डराउनु पनि पर्दैन” बा ले ढाडस दिनु भो ।

 

भोलीपल्ट बिहान क्लास टिचर आउने बित्तिकै निशीले जुरुक्क उठेर भनी – “म्याम, चेली मसँग एकदम झगडा गर्छ, हाम्रो सिट चेन्ज गरिदिनु न! “ मैले छक्क परेर हेरें । “हो  चेली! तिमीले यो सँग झगडा गर्यौ?” म्यामले सोध्नुभो । म आफ्नो सीटबाट उठें तर केही बोलिन, त्यसबेला निशीको पोल सुनाउने हिम्मत मलाई किन आएन मलाई थाह छैन । कसैले म बोलेको त राम्रोसँग सुनेका थिएनन् होला, झगडा गर्ने त प्रश्नै उठ्दैन, शायद यही कुरो बुझेर म्यामले भन्नुभो – “ यो निशीपनि कसै सँग मिल्न सक्दिन भन्या, ल आज  देखि पुनम र निशी बस्ने, चेली तिमी कामनासँग बस है!”

त्यसदिन देखि न निशी म सँग बोली, न म नै गएँ उसँग बोल्न । चार क्लास पछि त उसले हाम्रो स्कुल पनि छोडी । उ अहिले कहाँ, के गर्दै होली, मलाई केही थाह छैन, तर कामना र म आज पनि एकअर्काको निकै राम्रा साथी हौं ।

 


 
Posted on 06-13-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म"

aww Cheli...

 BTW, nicely written , loved it...

malai ni yestai katha lekhna sikaidinu na.... jati try gare ni aaudai aaudaina  bhanya


 
Posted on 06-13-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चेली! त्यस्तो पो भएछ? त्यसो भए तिमीपनि 'घरको बाघ बनको बिरालो'? म त चेलीले पछि बबाsssल चुटेछ कि निशीलाई बदला लिँदा भन्ने सोचिराखेको। लाहुरेको छोरीले नयाँ नयाँ ज्योमेट्री बक्स देखाएर हैरान पारेछ हाम्रो चेलीलाई, लोल! मलाई नि स्कूलको याद आयो! हामी स्कूल पढ्दा यस्तो Case आउने बित्तिकै सबै केटाहरु मिलेर दुबैजनालाई कागजमा साइन गराएर स्कूल सकिएपछि फिल्डमा लगेर भिडाइहाल्ने। जस्ले जित्यो त्यो दादा! तर हारेकोले अर्को शुक्रबार फेरि फाइट खेल्छु भन्न पाउने!  :-)

 

 


 
Posted on 06-13-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ta cheli koi koi fren sanga milnai sakidaina. malai nai tyastai bhako cha kati choti.

kumle bro chahi dada raicha school dekhi kai. la chiniyo. sajhama pani tyastai field fight garyo bhane kasle jitcha bhanera.


 
Posted on 06-13-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा! निशी त छुच्चि पो रेछे! ठिकै भयो कट्टी भएछ!

 

"कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ"

 

भनेपछि हाउँरि चेली नानि म बुडोको लाटो हिसापमा, सोर सत्र किलासमा पड्दैछिन कि मिलेन हँ हिसाप???

 


 
Posted on 06-13-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया, यो त मेरै जीवनमा घटेको कुरो लेख्या हो, जे भाथ्यो त्यही त लेख्या हुं, तिमी नि लेख न, गरेपछि नआउने कुरो के छ र !!

कुम्लेदा, मेरो जिवनमा त खोइ त्यस्तो कुटपीट कहिले भएन !! फाइट गर्नु पर्या भए त झन् म के गर्थें होला!!

क्रेजी, निशी नमिल्नेमात्र कहाँ हो र!! तेल्काई त हिन्दी सिरियलमा खेलायो भने खतरा कोमोलिका बन्ली जस्ती । अनि एकपल्ट गराउनै पर्छ जस्तो छ है, साझामा फिल्ड फाइट, तिमी हामी चैं दर्शक बन्नु पर्छ

त्यही त माल्दाइ, त्यो निशी त सार्है छुच्ची थी, अहिले कस्ती भई होला जस्तो लाग्छ!! आबुई, हजुरलाई कसरी थाह भाको, म १७ क्लासमा पढ्ने कुरा !! पाका मान्छे लाई सबै थाह हुने!!!


 
Posted on 06-13-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा क्रेजी! हामी त अरुलाई फाइट गर्न लगाएर "हान हान!" भन्ने अनि हार्नेलाई फेरि उकासेर अर्को हफ्ताको लागी रेडी गर्नेमा परेम्--- भन्नाले सोझो मान्छे!

:-)


 
Posted on 06-13-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, यो साथी भन्ने नातानै राम्रो लाग्छ मलाई। जती जिस्क्यो, झगडा गर्‍यो, निहु खोज्यो, फेरी चहिएको बेलामा उनिहरु नै अगाडि हुन्छन।
तर निशी त बदमाश रहिछ। त्यस्तो मान्छे ले आफैले दुख पाउछ तर। मेरो निशी जस्ता साथीहरु चै कोही छैनन, जती पनि छन कामना जस्ताहरु छन।
एकदम राम्रो लाग्यो चेली तिम्रो प्रस्तुती।
कुम्ले दाई त सच्चिकै दादा हो कि क्या हो, कुरा सुन्दा मलाई पनि तेस्ताइ लाग्यो ;-)

Last edited: 13-Jun-08 02:36 PM

 
Posted on 06-13-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चेली राम्रो छ यो, मलाई त यो पो याद आयो

सानै देखी छुच्चो हुन्छ दुस्त मानिषको मती
घोच्ने ती जङली काँडा पहिले नै तीखा कती

 
Posted on 06-13-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै साथी भन्ने की नभन्ने दिपीका तेल्लाई तर मेरा अरु साथीहरु  त सबै राम्रा छन् !!! Genuinely, I m always proud of all my friends. :-)

लहरे, सानामा ता छुच्ची नै हो त्यो, अहिले चै थाह छैन !!! दुस्त भनेको के हो तआााााााा?  


 
Posted on 06-13-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye Cheli, Tyo Nishi mai ta ho ni. La bhare malai phone gara ra mero 5 rupaiya pani mail garera pathaideu.
 
Posted on 06-13-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujaata, timinai po hau nishi ? ahile kasti bhayau ta?

Nepal bata aauda luako 5 rupya chha ma sanga, timi mero ghar aau ani laga hai ta.


 
Posted on 06-13-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जीवनले दसकौं पार गरिसकेको छ।
अहिनाले आफ्नो वास्तविकता उज्यालिदी रहन्छ
गालामा उमेरका धर्साहरु डोबिदैछन
कपालका रंगहरु बदलीदैछन
झ्यालको पर्दा हटाउछु
तल चौरमा सानो छोरो र उस्को राते कुकुर यता उता दौडिरहेछन।

तर पनी कता कता लागि रहन्छ कि तिनी सिंगान पुछेर फ्रकमा दल्दै चौरमा लडिबुढी खेल्ने मेरी बाल सखी,
जस्लाई मैले २५ बर्ष देखी देखेको छैन, आज पनी उस्तै होलिन, चिम्रा अंखा र पुक्चो गाला लिएर दाँया
हातमा किताबहरु च्याप्दै देउराली इस्कुल तर्फ दौडिरहेकी। 

तर पनी कता कता लागि रहन्छ कि त्यो पछाडि प्वाल परेको मैलो कट्टु एक हातले पक्डदै अर्को हातले
डन्दी बियो हुत्याउने मेरो बाल सखी, जस्लाई मैले २५ बर्ष देखी देखेको छैन, आज पनी उस्तै होला,
फुर्स्रो निधार र फुटेको कुर्कुच्चा लिएर दुवाली छेक्न मसाने दह तिर दौडिरहेको।

किन म पत्याउन सक्दिन कि उनिहरु पनी म जस्तै चाउरिन थाले हुन। किन म कल्पना गर्न सक्दिन कि उनिहरु पनी म जस्तै ठुलो गोलाई भएको पावर चस्मा लगाएर जीवनका बिगत हरु नियालिरहदा हुन। 

.................
य दोलत भि लेलो
य सोहरत भि लेलो
भले छिनलो
मुझ्से मेरी जवानी

मगर मुझ्को लोटादो
बचपनका सावन
ओ कागजकी कस्तो
ओ वारीसका पानी
............

चेली, तिमी त भर्खर १७ किलास पुगिछौ त बा।


 
Posted on 06-13-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुष्ट हुनेपर्ने दुस्त भएर नबुझेको हो।
सरी है भाषा आफ्नो परीएन के गर्ने बोल्ने एउटा लेख्ने एउटा हुँदा एस्तो हुने रैछ. 

 
Posted on 06-13-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह सुन्तलेज्यू दामी गयो!!!

लहरे। किन तेस्तो भनेको? नेपाली तिम्रो भाषा होइन र ? "आफ्नो परीएन के गर्ने " नेपालीले नै नेपाली भाषालाई आफ्नु होइन भन्ने !!!


 
Posted on 06-13-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनी, आफु ले विश्वाश गरेर साथी भनेको मान्छे ले त्यसरी मन मा चोट लाग्ने काम गरे पछी मन त अवस्य कुडिन्छ। कथा राम्रो छ, अरु पनि लेख्दै गर।     
 
Posted on 06-13-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah cheli kya lekhichhau ni ........saarai dikka laagya thiyo timro lekh padhna paiyo malai ta Maagnelai taato bhaat bhanya jastai bho
 
Posted on 06-13-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli,

you just reminded me my school life, I too have been a victim of some idiot's scams. But I used to reply with tick for tacks.

well written, good job


 
Posted on 06-13-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasti badmasni rahiche, cheli timile kina tyattikai chodeyko   
 
Posted on 06-16-08 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सँधै जस्तै well written ,आफुलाई परेको पनि कलम सरर बगेर कति राम्रो लेखीएको ,

मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी? u reminded me my mom n dad!

keep rocking!


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters