[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 172958 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-30-09 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा को नीद खोसी लाने
हृदयको तरङग छिडी जाने
तिमीलाई के सजाय दिउं
कि सधैंको लागि बाँधी दिउं


 










akhako nid khosi lane ti .mp3 - arun thapa


 
Posted on 06-30-09 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार ब्रेक अघी नारायण दाई र भीम बिराग को यो बेजोड प्रस्तुती ।


तिमीले पनि म जस्ताइ माया दिएर हेर
मायालुको सम्झनामा आफुलाई बिर्सि हेर


 










Timile Pani Ma Jastai - Narayan Gopal


 
Posted on 06-30-09 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइ, नमस्ते!

आजकल चौतारी भयंक-----र रोमाण्टिक भएको हो कि के हो:)

 
Posted on 06-30-09 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गोतामे गुरु
कहाँ रोमान्टिक हुनु चौतारी ? चौतारीयन हरु भा भे थाहा भएन। चौतारी लाई रिसेशन लागेको छ । अचेल त्यती रौनक छैन ।

 
Posted on 07-01-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ, रौनक छैन रे, हुन त पैले पैले जस्तो त छैन, तर पनि तेत्ती सार्हो निरास पनि त भै हाल्न पर्नी त छैन।

लु सप्पै कामचोरहरुलाई प्रणाम। सब्बैको दिन घामिलो, रमाइलो होस्।

जय नेपाल

 
Posted on 07-01-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे - के छ


पुरे को भनाइ प्रती मेरो पूर्ण सहमत 


 
Posted on 07-01-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे सुस्त जदौ ।


तारेमाम पुरे अनी लहरे,


पुरे आएको २ घण्टामा पनि लहरे बाहेक कोइ न आए पछी रौनक रह्यो त ? शाहरै रिसेशनको मार मा पर्‍यो जस्तो छ , चौतारी। २ घण्टामा घटिमा २० पोस्ट हुनु पर्‍यो मेरो दोस्त । अनी पो टोस्ट गर्न मन लाग्ने हुन्छ ।


हिजो राती धर्के कट्टु लाउने हर्के र आफुलाई ह्यान्सम ठान्ने रिट्ठे बिच कन्नाडाडाको चर्चित हरियो पर्दाधारी भट्टि मा भेट भाको र दुइजना भट्टिको दुधमा मात्तिएर सबै चौतारीमा औतारिहरुको कुरा काट्दै फुन मा भलादमी पाराले खबर संप्रेषण गर्दै थिए।


यती फित कि भनेर साध्ये छैन, गर्दै गरेको फुन समेत हल्लिएको स्पष्ट देखिन्थ्यो।


 
Posted on 07-01-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे सँगको भेट मा ठुल्दाइको कुरो र कथाको निक्कै चर्चा भयो , बुडालाई निकै हिक्क हिक्क भो होला भनेर कल दि हालेकोनी ।


के भन्छ रिठ्ठे मान्छे हेन्समनै रैछन ।


सप्पैलाई नमस्कार जदौ अनी तारेमाम छ है ।


 
Posted on 07-01-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, हर्केले समेत स्विकारेछी त त्यो कानमा फुली लाउनी रिट्ठे लाल रायमाझी नै चौतारीको हन्द्सोम भाको पुष्टी भो, अनी हिजो जाँड खाएर फोटो त पक्कै खिचे होलान, एस्सो हामी नि हेर्न पाये हाम्रा नि कल्यान हुन्थ्यो, को कत्तिको हान्सोम हामी नि थाहा पाउम्थ्याउम।

लहरे, हर्के अनी ठुल्दाइलाई दोस्रो प्रणाम, मेरो तर्फबाट। आज त आफ्नो काम नि सकी सक्यो, तर सक्या छैन भनेर बस्नी हो, आSSSSSS एस्सो फ्री नि बस्न पर्‍यो नि कि कस्सो? 

 
Posted on 07-01-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ रिट्ठे ले ल के टाँस्ला फोटो -


आफ्नो फोटो भनेर गोही को फोटो टाँस्ने मान्छे ले -



अनी के हुँदै छ त - पुरे कै मोज छ आज - काम सकेको एती चाडै -


अनी ठुल्दाइ हर्के दाई तारेमाम्,


खोइ अरु कता लागे त


 
Posted on 07-01-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ लहरे, आज त काम सक्यो, हुन त धेरै दिन भा थियो, यो गरिराको, अझ टाईम चाँही छ, एस्सो गएर सकिन लाग्यो भनेर भनी हेर्न पर्ला।

अब ऐले त थुतुनो किताब हेरिँदैछ।

अनी लहरे अनी ठुल्दाइको लोङ वीकेन्दको के छ प्लान? म नि एस्सो नजिकै गाम डुल्न जाम कि भन्ने सोचिराछु, हेरुम, अब शुक्रबार सुत्या-सुत्यै पो हुनी हो कि।

 
Posted on 07-01-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाँही यता साथीहरु आउँदैछ अनी यताइ तिर घुमघाम छ -


काम सकिन ला नि किन भन्नु पर्‍यो पुरे - पख एक्छिन - भरे चार बजे तिर भन्ने हो


अहिले भन्यो भने फेरी अर्को काम देला नि -


 
Posted on 07-01-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के,


दुध खा सूर मा हिजो के के भन्यो भनेर भन्न चाँही अप्ठेरो नै छ । जे होस् भात्टिमा मस्तिले दुध खाए छ , बज्याहरुले।


पुरे, खासै केही छैन। एक जना बज्रस्वाँठको बिहे भोज छ , बाँकी आफ्नै गाम तिर यसो मासु पोलेर खाइन्छ होला।


गजब छ भने एक जना गाम्लेले एक जना गाम्ली सँग दोस्रो पटक बिहे गर्दै छ भने। पैसा बढी भाको भनुं भने जिन्दगी एक सुको खर्च गरेर खुवाएको थाहा छैन। ७ बर्ष अघी नै कोर्ट म्यारिज गरी सङै बस्दै आएकाहरु फेरी ब्या गर्ने रे। जन्ती गै  दुल्ही अन्माउने रे। फेरी सुहाग रात अनी हनिमून रे । यस्तो पनि हुने रहेछ कलियुगमा ।


 


भावना माथि खेलवाड हैन रे भने?


बिहे भन्ने चिज देखाउने र लेखाउने मात्र हो र भने ? पटक पटक।


भावनामा समर्पणमा बाँधिएको माया भनेको एक बार हुन्छ, जूनी जूनी सम्मको लागि।


 पटक पटक रिन्यू गर्दैमा चिरा परेको किरा परेको सम्बन्ध पुनर्जिवित हुने होइन ।


 
Posted on 07-01-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क्या गाँउ बाट फेरी एक पटक सबैलाई जदौ !



पुरे, लहरे, ठुल्दाइ के छ त हाम्रो चौतारी को नयाँ नौलो?


धर्के धर्के कमिज लाको हर्के सँग हिजो मंगलबार यही को लोकल ट्याम करीब ४:३० तिर को शुभ साइत मा भेट भयो !


हिजो भन्दा अगाडि फोन मा समेत कुरा नभै चौतारीमै गफ गाफ भएको आधार मा मात्र मान्छे धन्न चिनियो ! सन्नी देवल टाईप को शारिरिक सुगठन भएको हर्के हवल्दार चौतारीमा जती सुकै छुचो मुख गरे पनि  मान्छे  त निक्कै भलादमी आँखामा राख्दा नि नबिझाउने, म्रिदुभाशी, चिरिच्याट्ट परेको एकदम बत्तिस्सै लक्षणले युक्त रइछन्त ! २-४ घण्टा को भेट घाटमा हर्के ले  बुङुर को मासु र खोये बिर्कोको बाढि  नै लगाइदिये पछी खान पिन पछी बिदाबारी भई आ-आफ्नो कुटी तिर लागियो ! जे होस् हिजो चाँही फैसला भयो को ह्यान्सम भनेर !


 


 
Posted on 07-01-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<जे होस् हिजो चाँही फैसला भयो को ह्यान्सम भनेर ! >>>
खै त को रेछ? सन्नी देयोल जस्तो धर्के कमिज लाउनी हान्द्सोम कि कानमा फुली लाउनी रिट्ठे रायमाझी हान्द्सोम? कुरो यहाँ चौतारीमा छिनोफ्यानओ गर्नु पर्‍यो नि, एस्सो फोटो टासुम। हामी नि हेरम।

ठुल्दाइ, माया भेछी जती चोटि बिहे गरे नि भो नि हैन र?

थुतुनो किताब नि चलाऊन सकियो, बरु रिट्ठेले थुतुनो किताबमा फोटो हाल्या भे, त्याहीबाट भे नि हेरुम न त, मिल्ला कि नमिल्ला?

 
Posted on 07-01-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुतुनो किताब मा किन हाल्नु पर्‍यो -


मेरो मा अहिले चल्दैन -


बरु यतै टाँसिदीए कसो होला -


ल रिट्ठे सान - ल जे पर्ला पर्ला - टाँस्दिम


 
Posted on 07-01-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मेरो गाउँबाट पनि सबै जनालाइ। पैले पैले समरमा ओसन सिटी गएर घण्टा हनेर फुर्सद नै हुँदैनथियो ऐले त बुढाले काम गर पेपर पब्लिश गर्नु पर्छ समरमा भन्छ, दिनभरी कम्प्युटरमा माईकल ज्यक्सन, रोजर फेदेरर, मार्क सन्फोर्द, क्रीकेट, साझा, फेस्बुक हेरेर फुर्सद हुँदैन।

 
Posted on 07-01-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो फुर्सद नभा त हेहे - एसरी हाम्लाई नि फुर्सद नभा भे हुन्थ्यो नि -


मोज रहेछ ल जोशित जि लाई -


ल सुनाउनुस् के छ त हाल खबर - टेन्निस हेरिरा त होला केरे भन्ने सोचेछु है मैले


 
Posted on 07-01-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुइक्क बल्लपो सम्झे त्यो रिठ्ठे बज्जे सँग मेरो अस्तिनै मेरिज खेल्दाको हिसाब किताब त गर्नै बिर्शिएछ ।


फोटो पनि खिचिएन , अब यहाँ राख्ने कुरै भएननी कसो ? क्यामरा लेर जानै बिर्शियो ।


दोस्रो राउण्ड्को जदौ अनी तारेमाम , खाना पनि खाइयो , बूङूर चपाइयो जे होश पर पर्ती तारेको फल मासु फल मासु ताश जस्तै बनेको थियो ।


आज त हाम्रो छुट्टी अब दिनभरी मकै भुट्दै बश्नु पर्ला ।


 
Posted on 07-01-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


रिट्ठे बज्याले कम्पुटर लान बिर्सेंको भन्दैथ्यो। चौतारी बिना कहाँ बस्न सक्थ्यो र ? भाडाको कम्पुटर मै भे नि चौतारी छिरे छ। बधाई छ ।


 


रिट्ठे र जोशी लाई तारेमाम।


आफ्नो ट्याम पास गर्न गाह्रो, त्यसमाथि चौतारीमा मन्दी ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters