[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218425 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-06-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२-४ दिन लाइ सहर घुम्न गाथे नि जिम्माल बा। अब SLC नि पास गरियो। गाउमा जागिर पाउने छाटकाट देखिन। अनि त्यो पल्ला घरे सहिलाको फुपुको छोरा त्यहा ठुलो अफिशमा हाकिम छ भन्ने सुनेर उसै लाइ भेट्न गाको थे। क्या हो त्यो फारम सारम त भरेर आको छु। अब हेरुम के हुन्छ?
 
Posted on 01-06-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे त्यसतो ओखति रे'च । जिम्माल बा ले खाएनि नेप्चे तिंमित नखाउ है ।
म नि नखाउ के रे । फेरि भन्ट्यांग भुनटुंग सानो नाती सबै सअ क,ख पढ्न स्कूल जान पर्ला र आपत होला फिरि:)

बरु कसै सअ अलिक पाको हुेन ओखती भा सुनिमादीलै नि खूवाउने हो कि ??:D :P :P
 
Posted on 01-07-07 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब ठिटो हुने कुरो अर्छन गाम्लेहरु, एइ बेलाँ एउटा लाहुरे दाईले क्यासेटाँ बजाम्ने गित :)

बेताब दिलकि तमन्ना यहि है
तुम्हे चाहेंगे, तुम्हे पुजेँगे,
तुम्हे अपना खुदा बनायेँगे

सुने सुने ख्वाबोँमे
जब तक तुम ना आए थे
खुसियाँ थि सब औरोँकि
गम भि सारे पराये थे
अपने से हि छुपाए थि
धडकन अपने सिने कि
हमको जिना पड्ता था
ख्वाहिस कब थि जिने कि
अब जो आ के तुमने
जमे जिना सिखादिया है
चलो दुनियाँ नइँ बसाएँ

भिँगि भिँगि पलकोँ पर
सपने जितने सजाएँ है
दिलमे जितना अंधेरा था
उतने उजाले आएँ है
तुम भि हमको जगाना ना
बाहोँ मे जो सो जाएँ
जैसे खुसबु फूलोँमे
तुममे युँ हि खो जाएँ
पल भर किसि जनममे
कभि छुटे ना साथ अपना
तुम्हे ऐसे गले लगाएंगे

वादेँ भि है कसमे भि
बिता वक्त ईशारोँका
कैसे कैसे अरमा है
मेला जैसे बहारोँका
सारा गुलशन दे डाला
कलियाँ और खिलौना
हँसते हँसते रो दे हम
इतना भि तो हँसाओ ना
दिलमे तुम हि बसे हो
रहा आँचलमे भर चुका हे
कहाँ इतनि खुसि छुपाएंगे
बेताब दिलकि तमन्ना यहि है
तुम्हे चाहेंगे, तुम्हे पुजेँगे,
तुम्हे अपना खुदा बनायेँगे

 
Posted on 01-07-07 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

↑यो नोट गर है तितौरी आर्को चौपारी खन्नी बेलाँ टुप्पाँ हाल्न पाम्छेऊ केरे नि.

जदौ सबैलाई!
 
Posted on 01-07-07 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै अरु त जम्मै सुते जस्तो छ, दादा लाई दर्शन है!
 
Posted on 01-07-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन हुत्तेरिका!
खै गालउले सोस्थानी फलाक्नी ट्याम भो कि भुनेर झुल्केको मु त।
 
Posted on 01-07-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई! म नि स्वस्थानी सुन्न भनेर आको, कोही छैन । साप्ताहिक जस्तो छ, चौतारीको स्वस्थानी ।
 
Posted on 01-07-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
स्वस्थानि खै त गालब?
 
Posted on 01-07-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
स्वस्थानि खै त गालब?
 
Posted on 01-07-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साप्ताहिक जस्तो छ, चौतारीको स्वस्थानी ।
 
Posted on 01-07-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यं ब्रह्मा बरुणेन्द्र रुद्र --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! अब तिमीलाई जुरेलीले त्यसपछि के कसरी ब्रत गरिन्, सबै सुनाउँछु; पलेटी मारेर बस। पौष शुक्ल पूर्णिमाको दिनदेखि मर्दीखोलाको तिरमा श्रीस्वस्थानीको पूजा गरेको एक महिना पुगेर माघशुक्ल पूर्णेमा पनि आयो। तयार गरी राखेको अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शय कुड्का सुपारी, अष्टोत्तर शय प्याकेट बिजुली खैनी, अष्टोत्तर शय पेग लोकलको सरदाम आदि प्रसाद बाँड्ने बेला आयो। प्राचीन स्वस्थानीमा "प्रसाद श्रीमानलाई दिनू, श्रीमान् नभए छोरालाई दिनू, छोरा पनि नभए मित छोरालाई दिनू, त्यो पनि नभए नदीमा लगी बगाइदिनू" भनेर उल्लेख गरेको छ। जुरेली पनि अब प्रसाद के गर्ने भनेर सोच्न थालिन्। श्रीमानलाई दिउँ भने बिहा भएको छैन, अँझ छोरा र मित छोरा त हुने कुरै भएन। भउतेको पनि पुन्टेको जगजगीले गर्दा बिचल्ली होला। मर्दी नदीमा बगाउँ भने हिउँदको बेला खोलो सुकेर त्यत्रो सामान बगाउन सम्भवै छैन। ठुलो धर्मसंकटमा परेपछि श्रीस्वस्थानीको स्तूति गर्न थालिन् -"हे माता, तपाईं कस्ती भनेदेखि हाम्री स्कूलकी मास्टर्नी दिदी, अरप पुगेर देश देखेर शेष खाई आ'का सिरेज्वाइँ, जतिखेर पनि कविता फलाक्न सक्नी राहुलदाइ जस्ताले त वर्णन गर्न सक्दैनन् भने म के सकुँली? आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए। यो अनपढ लाटीले अब यो प्रसाद के गर्ने? तपैं नै एउटा उपाय लगाइदिनुहोस्।"

जुरेलीले यति भन्न नपाउँदैमा घारीनेरको बाटोमा कोही हिंडेको आवाज आयो। को आएछ भनी हेर्दा भउतेलाई देखी मनमनै हर्षले गदगद भई भेट्न जाँदी भइन्। एक महिना अगाडिभन्दा निकै दुब्लो शरीर, गोरो अनुहार देखी मन खिन्न बनाइन्। परन्तु प्रसाद खाने समयमा भउते नै आएको देखेर श्रीस्वस्थानीको प्रभावको जयजयकार गरी त्यस्ती देवीलाई कोटी कोटी नमस्कार गरिन्। भउतेलाई सिमलीको छहारीमा टपरी ओच्छ्याई आसन गराइन् र भनिन् - "हे काजी! तपाईं त दुब्लाएर पाजी हुनुभएछ। अनुहार पनि अलिक सेतो देख्छु। आँखा पनि हाम्रो भेनाले धोबिनी दिदीको भट्टीमा रउसी धोकेको बेलाको जस्तै राता-राता छन्। के कति पीर पर्यो? मलाई सुनाउनु हवस्।" जुरेलीको यस्तो प्रश्न सुनी भउते आकाशतिर एकोहोरो हेरिरहे। एकछिन पछि ओठ लर्बराउँदै बोल्न थाले - "हे जुरेली! मेरो अहिले गाममा बसिसक्नु छैन। जता गए पनि तिम्रा पापिष्ट भेनाले पिछा गर्छन्। गाउँका सबै मान्छे सबै जनावरले मलाई हेप्न थालेका छन्। बसमा चढे बसबाट लढ्छु। भैंसीले पनि मलाई नै हान्छन्। कुकुरले पनि मलाई नै टोक्छन्, मलाई नै भुक्छन्। एउडा नारदऋषि आएका थिए मलाई सहयोग गर्न, तिनले पनि "जुरेली" बर माग्दा गुलेली दिएर गए। त्यही गुलेलीले तिम्रा भेनालाई हान्छु भनेर सोझ्याएको फिता उल्टो परेछ, मट्याङ्ग्रो आफ्नै टाउकोमा बजारियो। अरु सबै छोड, राजुको पपीले पनि हिजो मतिर हेरेर भुक्यो, तिम्रै धोबिनी दिदीको कुखुराको भालेले पनि मलाई देख्ने बित्तिकै 'कुखुरी काँ' भनेर च्यालेन्ज दियो। त्यसैले मलाई यस गाउँमा बसिसाध्य छैन। बरु आऊ, हामी यतै बिहे गरी पोखरातिर लागौं। बरु मलाई अलि भोक लागेको छ। केही खाने कुरा भए ल्याऊ। अनि, तिम्रा भेना तिमीलाई खोज्न भनी धोबिनीलाई समेत लिएर यतै आउँदै छन्। तिम्रो ब्रतको कारणले अहिले हामीलाई समय मिलेको छ; आऊ म अहिल्यै तिमीलाई सिन्दूर लगाइदिन्छु।"

भउतेको मुखबाट यति कुरा सुनी जुरेलीलो भनिन् - "हे काजी! तपाईंलाई यहाँसम्म ल्याइदिने श्रीस्वस्थानीलाई कोटी कोटी नमस्कार। तर तपाईंले जे भने पनि मेरी धोबिनीदिदी मेरो बिरुद्धमा यता आएको भन्ने कुरा चाहिं पत्याउन सक्दिन।" अनेक जुक्ति लगाएर सम्झाउने प्रयास गरे पनि जुरेलीले नपत्याएपछि अन्तिममा भउतेले भने - "हे जुरेली, मैले तिमीलाई किन ढाँट्थें? नपत्याए म किरिया नै खाइदिउँला।" आफ्ना मनका मालिकलाई किरिया खुवाउनेसम्म गरी मैले के पाप गरें भनेर जुरेलीले आफैंलाई धिक्कार गरिन् र भउतेको मुख थुनिदिन लागेकी के थिइन्, भउतेको मुखबाट फुस्कियो "धोबिनीकै च्यात्या' पेटीकोटको कसम!"

आफ्नो भेनाको यो थेगो भउतेको मुखबाट सुन्दा जुरेलीले आफ्नो र धोबिनी दिदीको अपमान भएको सम्झिन्। जुरेलीले क्रोधले आँखा राता-राता बनाई, दारा किटी, लामो लामो सास फेरिन्। एक हातले उसको कपाल लुछी अर्को हातले उनको गाला समातेर आफूतिर तानिन्। भउते जुरेलीबाट भाग्न बल प्रयोग गर्दा जुरेलीको एउटा हातमा आयो नक्कली कपालको गुजुल्टो, अर्कोमा आयो भउतेको अनुहारको मुकुन्डो। अगाडि हेरेको त टिलिक्क तालु टल्केको, उमेर अलि ढल्केको, गाउँका सोझी केटी घुमाउन पल्केको आफ्नै भेनालाई देखिन्। अरु केही हुन नपाउँदै पुन्टेले हत्त र पत्त प्रसाद राखेको मण्डपबाट २ गिलाँस लोकल दुई हातमा च्यापी त्यहाँबाट सुइँकुच्चा ठोके।

इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे चतुर्थोध्याय॥४॥

राजुको पपीको बारेमा जान्न उत्सुक महानुभावहरु यता जान सक्नुहुन्छ।
http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=271&ThreadID=23948
 
Posted on 01-07-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा!!!! हँसायो गालब कुमारले। हँसाएर मार्ने भो! :D :D

यस्तो क्लासिक स्वस्थानी लेख्ने त गालब बाहेक चौतारीमा अरू कोही नहोला! चौतारी ईस्कुलमा टप गर्ला जस्तो छ यसपाली गालबले!

लौ नियमित बनाम् है त स्वस्थानीको कथा।
चौतारी स्वस्थानी व्रत कथा
लेखकगालब कुमार
 
Posted on 01-07-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, मनासिब मर्जी भा छ, यस्पालिको बोर्ड फस्ट गालब कुमार ।
 
Posted on 01-07-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, चौतारी त कान्ला मुनी पो पुगि सकेछ। मैले अली माथी तिर धकेल्देको छु है।
हा हा हा हा!!!! हँसायो गालब कुमार को क्लासिक स्वस्थानी ले। :D :D
 
Posted on 01-07-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाउँले हरु किन हराए भनेको त सप्पै अराप बाट ल्याएको नयाँ बुर्का लाएर पढेरोमा फोटो खिछ्न बसेका रैचन।

 
Posted on 01-07-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे जि सञ्चै
 
Posted on 01-07-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O
जम्मै गाम्लेहरु बुर्का लाएर फोटु खिच्न बसेका रे? हन म त हुलाक तिर पो गाको थे त। त्यो पल्ला घरे सहिलाको फुपुको छोराको चिठ्ठी आयो कि भनेर? जागिर को केहि खबर् आयो भने चिठ्ठी पठाम्ला भन्थ्यो क्यारे।
हन को को हुन ति बुर्का लाएर बसेका? मैले त चिन्न सकिन है। सनिमा ले चिन्या छ कि?
 
Posted on 01-07-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुहार देखे पो चिन्नु
 
Posted on 01-07-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिमा जी,
म त कुशल मङल छु। तपाइलाइ कस्तो छ?
weeeknd कसरी बित्दै छ नि?
 
Posted on 01-07-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिमा जी,
तपाइ चाइ जानु भएन त बुर्का लाएर फोटु खिच्न लाइ? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters