[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया प्रेम अनी मेरो लहरी

[Please view other pages to see the rest of the postings. Total posts: 90]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 43335 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 11-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोटल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ।  केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, म कस्तो किउट देखेकी छु है आज, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हाँसी  मोरी।   

यो एउटा किनौ है रे भनेर सोध्यो - यो भनेको चाँही पर्फिम। किन चाहियो यो तिमी सँग छ होइन मैले प्रश्न गरे। छन त छ तर यो चाँही लटेस्ट आको के - स्मेल पनि राम्रो छ। फेरी म सँग कुपन पनि छ २०% अफ, - मलाई उसको कुरा चित्त बुझेको थिएन - अब मेरो चित्त न हो बुझे पनि के नबुझे पनि के - काउन्टर मा लगेर राखी - स्क्यान भो २०% छुट पनि पायो - ट्याक्स गरेर ७४.४९ आयो, मैसाब ले टाउको ईशारा गरेर मलाई पैसा तिर्न भनी - मन ले त मानेको थिएन तर हात चाँही पछाडि गोजी सम्म पुगिसकेको थियो, घोटियो, सकियो खल्लास। थ्यांक यू भन्दै सामान उठाइ अनी सँगइ निक्लियौ। तीन चार वटा पसलामा छिरे - एसो हेरियो - दुई तीन घण्टा बिताइयो अनी घर तिर लागियो, सामान को लिस्ट मा अरु केही नि थपिएन। भोक लागिरा थियो - खाना पकाउने कुरा मा फेरी उसको जाँगर हरिप नि - तु तयार हुन्छे, चिया अनी पास्टा तयार भो - चिया खाँदै गर्दा नेपाल जाने सोच बनाएको कुरा उस्लाई भने। उ पनि तुरुन्त तयार भैइ, कहिले एही विन्टर मा हो - कहाँ विन्टर मा हुनु मैले एही दसैं मा जाने कुरा सुनाए। किन जानु पर्‍यो दसैं मा उसको क्लास छ रे - अब प्लानै त्यही थियो त मेरो - धेरै सोच बिचार  गरेपछी बनाएको प्लान हो मेरो। ठुस्की हाली,कराउन त कल्ले रोक्न सक्थ्यो र उस्लाई। एकछिन कराइ - म चुप्प लागेर बसिरहे - थाकेछ कि क्या हो - म सँगइ बसी अनी मेरो अनुहार मा हेरेर - तिमी साचै दसैं मा जाने हो, विन्टर मा नजाने साचै भनी अनी लामो सास तानी अनी टोलाएर भुइमा हेरिरही।।।।।।।   

एकछीन टोलाएर निकै बेर भुइ मा हेरेर बसी - केही बोलिन - मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो। उसले म तिर पुलुक्क हेरी अनी उठेर गइ कोठामा। दिस कट मि बाइ अ सर्प्राइज। न ऊ कराछ न रिसाको छ न केही भनेको छ। यि कुरा मध्य केही भएको भए म रेडी थिएँ तर अब के गर्ने त सोच्मा परे। छट्पटी भइनैराखेको थियो - यो गर्ने कि त्यो गर्ने सोच्नै सकिन म - मानौ समय टक्क अड्किएको जस्तो। केही सिप लागेन भित्र कोठामा गएँ, नेट चलाऊदै रैछ, उस्कै अगाडि गएर बसे अनी ऊ तर्फ हेरेर के भयो भनेर सोधे। टाउको मात्र हल्लाइ केही भएको छैन भनेर।

टिकट किनेको हो कि किन्न बाँकी छ, प्रश्न ले म झस्कीएँ, हँ के भन्दै --- अँ छैन हेर्दाइ छु, महँगो छ ।
"अनी कहिले जाने त"
"फुलपाती सम्म मा पुग्नु पर्छ"
"अनी फर्किने कहिले त"
"भाइटिका पछी नै होला शायद"
"के शायद भनेको - नफर्किने"
"फर्किने किन नफर्किने, डेट पो कन्फर्म भएको छैन भनेको त"
"अनी छुट्टी मिल्यो त"
"दुइ महिना बाँकी छ, पहिले टिकट मिलाउँ अनी भनुला - एक महिना अगाडि भने भइहाल्छनी"
"दसैं मा नै जानु पर्ने - विन्टर मा जान मिल्दैन"
"जान त किन नमिल्नु - मिल्छ तर चार वोटा दसैं मिस भइसक्यो मेरो - यो समेट गरेर पाँच वोटा हुन्छ, अनी ममी ले नि दसैं मा
भए रमाइलो हुन्छ भन्नु भा छ अनी त्यही भएर"
"अनी मलाई एक्लाई छोडेर जाने त"
"एक महिना त हो नि, सधैं को लागि कहाँ जान लागेको हो त लाटी"
"तैपनी के गरेर बस्ने एक महिना"
"स्कूल छ काम छ - एक महिना त चुट्की मा सकिन्छ"
"भन्न लाई मात्र हो के, कती लामो हुन्छ एक महिना के"
"त्यसोभए नजाउ त"
"होइन जाउ - फेरी पुग्न बितिकै फोन गर है"
"के कुरा गरेको - भक्खर कुरा भएको छ, टिकट किनेको छैन, दुई महिना छ नि बाबा - आजै जान ला हो र"
"एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन, आइ एम गोना मिस यु हनी भन्दै हग गरी।।।।।

क्रमश:  


 
Posted on 11-17-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कसरी गाडी चलाको रे - स्पीड लिमित कती छ थाहा छ, ५५ मा ७० मा चलाऊने रे अनी कती लेफ्त लेन मा बसेर चलाको रे - लेन चेन्ज गरेको नि मिलेन - योर ड्राइविङ इज रफ - व्हेन विल्ल यू लअर्न उफ्फ्फ -"

रमाइलो रैछ यार, कैले देखि लेख्न जान्यो यस्तो इन्ट्रेस्टिङ कथा ? ल ल लेख्दै गरुम, हामी पढ्ने छदै छम नि ।


 
Posted on 11-17-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि रमाइलो छ लहरे,तिमी लाई भेट्न ३-३ घण्टा बस चढेर आईछ अब के के मात्रा उठाउने हो, म्याडिसन मा ट्याक्स पनि सस्तो,सामान पनि सस्तो भन्दै,होसियार है होसियार।

लौ कती चुना लाग्यो त त्यो विकेन्ड छिट्टै राखम ब्रो।


 
Posted on 11-17-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त लहरे को कस्तो धेरै केअर गर्ने लहरी!! धेरै सस्तो नबनाउ है दु:ख पाईन्छ फेरी , जे जे भन्यो तेही तेही मान्नु, आजै देखी बानी लाई राख्नु पर्‍यो नि
 
Posted on 11-17-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचाले हसायो। एक त १ घण्टा कुराइसक्यो अझ खान पनि आँफै पकाएर खाउ रे

तिम्रो गाउँमा त काम पर्‍यो भने पनि तिमी कहाँ आउदिन म त। पकाएर खाउ मात्रै होइन अझ राती को भाँडा पनि छ त्यो पनि सफा गर्देउ न है भन्न के बेर?

कती राम्रो लेख्ने भएको साथी तिमी। लेख्दै जाउ है।


 
Posted on 11-17-08 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी जि
म बिग्रेको कहाँ छु र तह लगाउनलाई -
फेरी खुशी को कुरा एती चाडै कहाँ बाट आउछ - त्यस्को  लागि टाईम लाग्छ

हर्के दाई जि
साचिकै नेपाल गएको हो भनेर भनिहालेनी - भनेपछी साचैकै भएन त

राहुल भाई दाई जि
शपिङ ले टाईम खान्छ नि, एकलाई गयो भने आधा घण्टा मा सकिने काम सँगै गयो भने दुई तीन घण्टा लाग्छ - के गर्ने

बिर्खे माइला जि
हो भन्या केटीहरु केटाहरुलाई किचकिच नगरि किन बस्न नसक्ने होला है, खाएको नपच्ने होला के - हरेक कुरामा आफ्नो नाक घुसाउनु पर्ने

सबैको शत्रु जि
राम्रो लागेको मा धन्यवाद, सबै केटी यस्तै हुन्छ भनेर भन्न सकिन्न तर कोही कोही चाँही हुन्छन है

दीप जि
धन्यवाद तपाईंको शब्द को लागि

सि.टि. जि
कहिले देखी लेख्न जनेको भन्ने, अब कसै कसैले लेख भनेर भयो अनी लेखेको , अब कसै कसै को भनेर चाँही म भन्दिन है

बिस्टे जि
खोइ कती भन्ने - हो यार त्यसै भन्न बेर छैन, होसियार हुनु पर्ने नै हो

पर्वते जि
केर त गर्छिन नि मेरो नगरने भनेको छैन गर्छ ल। फेरी सस्तो हुन खोजेको होइन महँगो पो हुन नखोजेको त

दिपिका जि
पहिला आउनलाई बोलाउनु पर्‍यो मैले नबोलाई आउने त चान्स नै छैन नि, अनी फेरी एक चोटि आएको साथीलाई म त्यस्तो भनुला त, लहरी लाई पो त्यस्तो भनेको, अनी फेरी आँफै जाने बेला भैसक्यो यो गाउबाट


बाँकी सबै कथा पढ्नु हुनेहरु लाई धन्यवाद  
 
 
Posted on 11-17-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे प्रेममा ताजमहल बनाँउछ, यो लहरे चाहिँ कस्तो चुँइया रहेछ। लहरीको डिमान्ड पनि पुरा गर्न नसक्ने। हे हे हे।
 
Posted on 11-17-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम मा पर्‍यो भन्दै मा सबै लुटायो भने त त्यही हो - काम छैन र भन्या जती किनी दिन लाई
सके सम्म त दिएकै छु क्यारे - अती त गर्नु पनि हुँदैन नि - धेरै चिनी खायो भने तितो हुन्छ
भन्छन त्यस्तै हो - अझ तालमहल - रे लौ
 
Posted on 11-17-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paper maa draw garera pani banaaera dina sakdainau?

he bhagwan! kasto kidney slow raicha lahareko.

 


 
Posted on 11-17-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोर्न आएपो चित्र कोर्नु
फेरी एस्तो नचाहिने नहुने आइडिया कसरी आउने रैछ क्रजी सँग
त्यसै क्रजी भएको कहाँ हो र है - आखिर नाम अनुसार नै जान्छ भनेको ठीक हो र
होला होला ल -
 
Posted on 11-17-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन कोर्नु पर्यो चित्र सित्र?

कपि यान्ड पेस्ट के काम?


 
Posted on 11-17-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपी अन्द पेस्ट त गरौला फेरी थ्यांक यू लहरे
यू सो स्वीट भनेर मेरो गालामा म्वाँइ खानु को सत्ता
त्यो पनि कपि पेस्ट भयो भने ब'बाल भएन त 
 
Posted on 11-17-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउकोमा घ्वाँइ पनि नखेल्ला भन्न चाहि सकिदैन।

 
Posted on 11-17-08 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफै एसो गर भन्छ अनी एस्तो पनि हुनसक्छ भनेर आँफै हाँस्छ
त्यसइ क्रजी भएको कहाँ हो र है


 
Posted on 11-18-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३
 
मल पुगियो, किनमेल शुरु भयो। अब भयो भन्ने कि नभन्ने, किनेको केही छैन, दस वटा पसल हेरिसक्यौ। घडी हेरेको त तीन बजिसकेछ।  एस्तो तालले हुँदैन भनेर, एकछिन मा आउछु भनेर फुत्त निस्के, एकछिन पछी फर्कदा त मेरो हातमा सामान को पोको। के लिएर आको  - टिसर्ट हो। उसले झोला बाट निकालेर हेरी, मुख बिगारी - कस्तो टेस्ट हो तिम्रो, ढंग छैन, के उठार ल्याएको यो। म छानिरा छु त - तिमी नै शोप्पिङ गर्ने भए मलाई किन बोलाको, आँफै गरे भैहाल्यो नि रे भनेर करायो। मैले नि राम्रो लागेर किनेको - त्यती नराम्रो नि छैन हैभनेर आफ्नो बचाउमा केही भने। ल ल भैहाल्यो, अब देखी म छान्छु, तिमी ले केही गर्नु पर्दैन, ल आउने भनेर अर्को पसलमा लागि। म पनि पछी पछी लागे। यस्तै गरी त्यो दिन बित्यो ६ बजी सक्दा पनि सबै समान किन्न भ्याइएन, भोली फेरी आउनु पर्ने भयो। कती जती खर्च भो भनेर अनुमान लगाउन थाले। अहँ सकिएन, मेरो कार्ड उस्को हातमा थियो अनी किन्ने ऊ, छान्ने ऊ, कार्ड घोट्ने ऊ अनी कसरी थाहा होस् त। थाकेर चुर भैसकेको थिएँ, घर गएर पल्टिन मन लागिराथ्यो, जाने होइन भनेर सोधे, एकछिन न, सात बजे गए हुँदैन, मेरो लागि पनि अली सामान किन्नु पर्छ एकछिन है भन्दै एउटा पसल मा छिरी - कस्तो पसल भन्लाउ नि फेरी केटीहरुको पसल क्या - होsssss त्यही। बुझ्यो होला नि। एकछिन मा पोका लिएर बाहिर निस्की, खाएर जाने होइन, म सक्दिन है पकाउन - कस्तो थाकिराछ, एही खाउ न है है भनी। हुन पनि हो थाकिरा बेला कोल्ले पकावोस्। खाइवरी सामान बोकेर घर पुग्दा ७:३० भैसक्याथियो। भित्र गएर सामानलाई भुइ मा बिसाएर पल्टिएँ एकछिन। दिमागमा के खायाल आएछ, उठेर मैले झोलाबाट बिल निकाल्न शुरु गरे, जोड गरे आम्मामा नराम्रो चुना लागेको रैछ। फेरी एस्तो बिचार गरे, उसले सामान किनेको सम्झे अनी सामान चेक गरेको त कती धेरै लेडिज आइटम हो। वो मुँया यो कसलाई भनेर सोधे - ऊ त हनी यो चाँही मेरो ममी अनी बहिनिलाई अनी त्यो रातो ब्याग चाँही मेरो आन्टी लाई - धेरै दिन देखी ब्याग चाहियो भनेर भनिराख्नु भएको थियो त्यसैले किनेको, राम्रो छ होइन भनेर देखाउन थालि। अनी त्यो पोको चाँही मेरो - कस्तो सस्तोमा भेटाएको मैले, शिकागो मा किनेको भए $२०० जती पर्थ्यो होला - यहाँ त मैले $२५ डलर सस्तो मा पाएँ अनी उठाको - सेभिङ गर्न त मैले जानेको छु नि, है हनी भनेर नाक फुलाउन  थाली। म त ट्वाँ परीरा ल।
 
व्हाइ माइ कार्ड भन्दा म सँग थिएन त के गर्ने भन्छ लौ। उसकै अगाडि उसको ब्याग खोलेर यो के हो भनेर देखाइदीएँ। ऊ त ब्यालेन्स छैन नि, लिमित पुग्न लागाथ्यो अनी के भो त तिम्रो कार्ड इउज गरेर - के मैले गलत गरे? पो भन्छ उल्तै।  हैन अहिले भक्खर मैले टिकेट किने अनी शोप्पिङ गर्दैछु, अलिक पैसा नेपाल जादाँ चाहिन्छ, अहिले म सँग नभएको बेलामा किन तिमीले मेरै कार्ड इउज गर्नु पर्ने पो भनेको - अरु बेला मैले किनेर दिएकै छु, नदिएको होइन - अहिलेलाई नकिने नि हुने हो नि - झर्कीएँ म। ल ल सरी अहिले लाई भैहाल्यो, अब किन्दिन - झर्किनु पर्छ त -हनी तिमी रिसाको कस्तो नसुहाएको भन्दै फकाउन थाली। त्यो सब कुरा थाहा छैन, तिमीले आफ्नो लागि कती खर्च गरेको अनी तिम्रो बहिनी आन्टी लाई किनेको सबैको पैसा चाहिन्छ मलाई - अरु कुरा थाहा छैन, ल एती पैसा आउने रैछ चेक काटेर देउ त भनेर उसको ब्याग बाट चेक निकालेर दिएँ। केही बोलिन, मुख बिगारिराको थियो, आँखाले घुरेर हेरिराथ्यो, एकछिनमा चेक काटेर मलाई दिइ। आफ्नो सामान पोको पारेर एक ठाउँ मा राखी - ऊ केही बोलिन - म पनि चुप थिएँ।      
 
रिस त उठ्या होला उसलाई तर देखाकी थिएन। अब धेरै ट्यार ट्यार गर्ने मुख नखोलेपछी मैले बुझिहाले। थाकेर चुर थिएँ एसो पल्टिरा थे, ऊ आफ्नो सामान मिलाइराथी। एकछीनमा म सँगइ आएर बसी, सुन मलाई भोली बिहानै बस पार्कमा पुर्याइदेउ, मा भोली नै फर्किन्छु शिकागो भन्छ बा। थर्काको होला मलाई, मैले पनी हुन्छ, कती बजे छ बस तिम्रो, आधा घण्टा अगाडि नै पुर्याइदिन्छु भने। अब शुरु भयो आइ निउ इत, यू दोन्'त लभ मि एनिमोर, अब त पुग्यो होइन म तिमीलाई, इउज गर्न पुग्यो होइन, यस्तै यस्तै भन्दै आसुँ झार्न थाली। आसुँ पनि कती चाडै आउने हो - सुक्क सुक्क शुरुभैसकेछ उसको। निन्द्रा पनि लागिरा थिएन अनी  एस्पाली चाँही सहनै सकिन, के भयो किन रोएको, कसले के गर्‍यो तिमीलाई, धेरै नाटक गर्ने होइन सबै कुरा बुझ्छु म, चुप लाग्ने, सधैं तिमीले भनेको जस्तो हुनु पर्छ भन्ने छैन र हुँदैन पनि, म केही भन्दिन एस्को मतलब यो होइन कि तिमीले जे पनि गर्न पावोस्।
 
के भनेको तिमीले, हेप्न खोजेको मलाई, केटी भनेर हेप्न खोजेको - के गर्नसक्छौ तिमीले मलाई, पिट्ने भनेको हो ल पिट मलाई ल पिट भन्दै मेरो हात तानेर उस्को गालामा पुर्याइराथी। मैले आफ्नो हात ताने, के बच्चा जस्तो चलिरा भनेर फनक्क फकेर जान लाथे, ऊ त, मलाई थाहा थियो तिमी केही गर्न सक्दैनौ भनेर आँट चाहिन्छ आँट केही गर्न ---- अब, त अत्ती नै भयो सकिन, एही होइन आँट भनेर एक झापड हान्दे -नराम्रो गरी गाला मै परेछ। ऊ भुग्रुक्क भुइमा लडी अनी रुन थाली ।।।।।।।।।।।
 
क्रमश:    

 
Posted on 11-18-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नि लहरे ले के गरेको यस्तो? झापड हिर्काको ? आपद आइलाग्ने भए अब। पुल्पुल्याउने आँफै, अझ उल्टो ? म त लहरी को पक्ष मा है। अन्याय गर्न पाइन्न है, नारी हक अधिकार को कुरा गर्ने लाखौंं संघ संस्था छन।
 
Posted on 11-18-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kasto badmash lahare. chhuchcha. pitne ho kahi napar?
 
Posted on 11-18-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अईया....... हसायो लहरे ले। अहिले चाइ देखाई दियो,ठिक गरेउ लहरे,एस्तो नगरि कन लाईन मा आउली जस्तो छैन लहरी।

 अब हेर न कसरी भोली बस्दिन लहरी।
गूड् गोइङ ब्रदर।


 
Posted on 11-18-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या बौचा त्यो त अतिनै भयो। कमजोरहरुले मात्रै हो शब्दको सट्टा हात उठाउने। शब्दको जवाफ शब्द बाट दिनु पर्छ बौचा
हो लहरी अतिनै रहिछ माने त्यो त। तर तिमी आफुनै आफ्नो कार्ड राख्न पनि नसक्ने, लहरिको बानी थाहा भएर पनि उस्लाई नै दिने अनी फेरी आफुनै रिसाउने र त्यती मात्रै भएन भनेर झापड पनि हान्ने आफ्नो कम्जोरीको गलत उपयोग भयो है बौचा।

राम्रो लागेन भन्दिएँ। नरिसाउ।     


 
Posted on 11-18-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laharey lay ex-GF ko kura garya jasto cha..thik cha thik cha la...aba essai ex wossai ex..tyai kuro namilera ta ex bha ho ni, haina? ki kaso? aun..tyo baru haat nai chai ali haalna nahuney thyo.....Alik professional dekhiyena rey kya katha mai bhaye ni........
 
Posted on 11-18-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त गज्जब इन्ट्रेस्टीङ मोडमा पुगेछ है है ।   अब थप्पड दिन हुने कि नहुने भन्ने बहस पो गरमागरम । सज्जन बनेर थप्पड दिन हुन्न भन्ने हो भने बेग्लै कुरो, नत्र - तिमी केही गर्न सक्दैनौ, आँट चाहिन्छ आँट केही गर्न - भनेर ललकार्नु भनेको त - आ भैंस मुझे मार - भनेकै हो नि । यस्तो मौकाँ एक दुइ थप्पड हुर्याम्दा माया पिरति दह्रो हुन्छ है । हैन त लहरे । आखिर आँट छ कि छैन भनेर जाँच लेको हो क्या र जाँचाँ फेल  हुने बानी कहाँ छ र हाउँरो लहरेको ।
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters