world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 686]
|
[VIEWED 290915
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 17-Jan-08 11:46 AM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नाम लिया लहरे लहराउंदै हाजिर। च्या ला सेकेण्ड राउण्ड या नक तिनि ब्यबस्था याना।
लहरेको प्रमोशनले इमोशन बनायो। जिन्तखीमा कहिलेइ प्रमोशन खान पाइन पर्भू।
छुट्टीले नि के अरम के अरम हुन्छ हो। झुर्या बदाम् झुर्या बदाम् सुन्दै, किन्दै अनि खाँदै यो माघको मनतातो घाम ताप्दै, टुडिखेलमा क्रिक्रेट हेरम् हेरम् लाग्यो है।
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-21-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
क्रिकेट हेर्ने भन्या दाइले? ल बरु खेल्न नै जाउ न, दाइले त फेरि टुडिखेलबाट छक्का हानेर (R) NAC को झ्याल नै फुटाइदिने हो कि
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-21-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
का हुनु झिल्के, परिषद ले बनै दिए मैले पड्का हैन| लु हाम्रो लहरे ले चै गरी खाने भो दिन रात गीत टासेर पर्मोसन लि छाडेछ, लु गाम्ले हो म त स्नान घर तिर पसे |
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेही त भन्या झिल्के परिषद ले अरु को लाई पनि देखेन, मात्र बिर्खेको सम्धी बिस्ते लाई मात्र देखेर मन्त्री बनाइदियो कस्तो सन्जोग, एस्तो पनि हुन्छ है।
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-21-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे त्यहा पक्का केहि सडयन्त्र छ, ल ल त्यहि भयपनि मन्त्रि बनेकोमा बधाइ छ, अरु गाम्लेहरु कता गय? आज भने तिते करेला खान पाइयला जस्तो छ धेरै बर्शपछि
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दै लाई क्रीकेट ए छिमेकी राष्ट्र इ-उ ठुलो पंखा थे चोनी।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब क्रिक्रेट खेल्ने दिन गए, क्रिक्रेट हेर्ने दिन त जाला जस्तो छ। लहरे बौचा, दुष्ट छिमेकीको कहिलेइ पंखा भइन। त्यस्तो पंखाको के काम्, तातो हावा मात्र दिने। म
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
श्री स्वस्थानी व्रतकथा - अल्लारे यूग
प्रथम अद्याय-ग्वाँचेजी आज्ञा गर्नुहुन्छ, हे गालबेन्द्र मुनि! तपाइँले खप्पर यूगमा बाचन गर्नुभएको चौतारि स्वस्थानि व्रतकथालाई पढेर,गुनेर,पालन गरेर नित्य यातायात चलाई, नित्य सोमरसमा स्नानादी कर्म गरि,नित्य तरुनि नजर गर्दा पुन्टेदाईका कृत कृत भएका चच्छुहरु,फड्फडाएका तन्तुहरु देखेर, यस अल्लारे यूगमा म्लेक्षद्विपे,केनडावडावर्षे,टोरन्टपदेशेका भगुतेन्द्र योगीको मन मष्तिस्कमा अल्लारे बिउ अङ्कुराउन थालेको कथा कहन्छु!तहाँ उपरान्त, योगी भगुतेन्द्रको मन मनमष्तिस्कमा अंकुराएको टुसाले भगुतेन्द्र योगि कस्ता भए भने, नित्य प्रात:कालमै सोमरसको तिर्खाले व्याकुल हुने, जतिबेला पनि धुम्रपान अनुकुल हुने,प्रयोगशाला जान हिँडेका योगी गौशाला पुग्ने, भोजनालय जान हिँडे भने शैचालय पुग्ने,धुलिखेल घुम्न निस्कँदा टुँडिखेलमा पुगेर लड्ने, यस्तो भावबंगिमाले अचेत बनाउँदा भगुतेन्द्र योगी अत्यन्तै व्याकुल हुँदा भए!बेला बेलामा छल्न आएर चेत हराउँदा "हा! तरुनि!" भन्दै केनडाँडाको डाँडै डाँडा सैर गर्दा भए। भगुतेन्द्र योगि यसरी बिव्हल भएर "हा! तरुनि!" भन्दै जताततै मडारिएको देखेर केनडाँडाका सम्पूर्ण घरका झ्याल ढोकाहरु बन्द हुन थाले!तरुनि भएका कुटिहरुको ढोकामा भोटे ताल्चा लाग्न थाले! यो देखेर झनै चेत हराउँदै जाँदा एउटा वनमा पुग्दा भए। त्यो वन कस्तो भने, जताततै जुनकिरी जस्ता बिजुलि बत्तिको झिलिमिलीले ज्वाजल्यमान भएको, आकाशभरि राखिएका प्वालै प्वाल भएको स्थानबाट हिपहपको मधुर संगित गुन्जिरहेको, स्वर्गका अप्सराहरु, उर्बशी, रम्भा, तिलोत्तमा इत्यादीहरुले कयौँ हाउभाउ कटाक्ष गर्दै आफ्नो शरिरको पूर्वार्ध र उत्तरार्ध कम्पन गराउँदै नृत्य गरिरहेका! यस्तो लोकमा पुग्दा भगुतेन्द्र योगिको बिचलित मन केहि शान्त भयो। भावावेशको अतिरेकतामा आएर भगुतेन्द्र योगि फेरि हा! उर्बशी! भन्दै उर्बशीलाई अंकमाल गर्न पुग्दा भए!उर्बशिलाई अंकमाल गर्न खोज्दा पुन्टेदाईको श्रापले गर्दा उर्बशी हिउभको मुर्तीमा परिवर्तन भइन्। त्यहि हिउँको मुर्तीलाई पनि अंकमाल गरौँ भन्दा हिउको मुर्ती पग्लिएर पानी भयो!यस्ता अनेकन कष्ट सहेर शोकमग्न हुन पुगेका भगुतेन्द्र योगिलाई, त्यहि वनमा आनन्दगरि गरेका दिपेन्द्रले देख्दा भए। दीपेन्द्र कस्ता भने कृष्णको जस्तो केश पारेका,कामदेवको जस्तो आँखा र रामदेवको जस्तो शरिर बनाएका बेला बेलामा कपालभाँती गर्दै अत्यन्त आनन्दपुर्वक वरिपरी बाङ्गेन्द्र, ट्वाकेन्द्र, बर्मुन्द्र र सुपारेन्द्र सखाहरु समेत लिई अत्यन्त आनन्दपूर्वक बसेका थिए। भगुतेन्द्र योगीको बिजोग देखेर सहानुभुति राख्न पुगेका दिपेन्द्रले आफ्नो खप्परयुगमा भएको स्थिति सम्झि भगुतेन्द्र योगिलाई पनि स्वस्थानिको व्रत बस्ने सल्लाह दिने कुरा सोच्दा भया!हे गालबेन्द्र मुनि यो प्रथम अध्याय कहँदा कहँदा मेरो सोमरसको समय व्यतित हुन लागेकोले कसरि भगुतेन्द्र योगिलाई दिपेन्द्रले स्वस्थानि व्रतकथाको तरिका सिकाए र कसरि भगुतेन्द्र कृत कृत हुँदै सुन्दा ग गर्दा भए अर्को अद्धयायमा कहन्छु। इति श्री ग्वाँचन्दपुराणेचौतारी खन्डेमाघमहात्म्येग्वाँचागालबस्त संवादेश्री सोस्तानीपररररमेस्वरि प्रथमोध्याय
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन, यस्तो स्वस्थानीको कहानी कहाँबाट आउछ हो जिम्मालबा? बिचरा भ्यागुतेन्दर् योगीको हाल, कस्तो बेहाल? लोल् लोल् बिर्खे बा।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-21-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! जिम्माल बाले सोस्थानि को कलियुगे कथा सुरु गर्नु भे छ, लौ अब त ३० हो कि ३१ अध्याय पुर्याउनु पर्छ। सोस्थानि कै पुन्यले यसपाली सोस्थानि सकिने बित्तिकै घरमा जिम्मालनी नि भित्रिने छाँट देक्छु म त! जिम्माल बा, ठुल्दाइ, झिल्के ब्रो, लहरे बौचा, सम्धी बा लगायत चौतारीका ज्ञात अग्यात मित्रहरुलाई तारेमाम, जदौ, नमस्ते, सलाम, हेलो, ह्यान्ड सेक; सोमबार राम्रै गइरहेको होला।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-21-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो चाँही हाम्रो गालब गुरुको भर्सन, चौतारी आर्काइभबाट! चौतारी स्वस्थानी व्रतकथा - ७ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तिमीले यस अघि धोबिनीको पेटीकोट च्यात्तिएको सम्बन्धमा जिज्ञासा राखेको हुँदा आज त्यस सम्बन्धी कथा सुनाउँछु। ध्यान दिएर सुन।
यो घटना उस बेलाको हो जब तिम्रो चौतारी बनेको पनि थिएन। विभिन्न गाउँबाट यहाँ बसाइँ सर्ने क्रम तीब्र भई भर्खर वस्ती बस्न आँटेको थियो। सुरुमा यो गाउँमा बसाइँ सरेर आउने मध्येमा भउते र पुन्टे नामका दुईजना थिए। यी दुईको ग्रह पनि कस्तो भनेदेखि कुकुर र बिरालो जस्तो। बाटोमा भेट्ने बित्तिकै झगडा गर्ने, एक अर्ककाको कुरा काट्ने। अँझ भउतेले पुन्टेको साली उडाउँने जाली बुन्न थालेपछि त बाटोको नालीमाथि पनि, खेतको आलीमाथि पनि, कहिले गाली फाली-फाली, कहिले हात हाली-हाली, यी दुईको शीत युद्ध सुरु भएको थियो।
यस्तैमा धोबिनीले ब्रह्माको कठोर तपस्या गर्न लागिन्। ब्रह्मा प्रसन्न भएर वर माग भन्दा, "मेरा यी तीन वटा ईच्छा पुगोस् - पहिलो, भोलि बिहान मेरो पुन्टेले जे भन्छन्, सारा जिन्दगीभर त्यही पुकारिरहुन् । दोस्रो, भोलि मेरो वस्त्रको जस्तो अवस्था हुन्छ, जिन्दगीभर त्यस्तै रहिरहोस्। तेस्रो, भोलि विहान उठ्ने बित्तिकै मैले चिताएको कुरा पुगिहालोस्।" ब्रह्माले "तथास्तु" भनी वरदान दिएपछि धोविनी पनि अति प्रसन्न भई फर्किन्। भोलिपल्ट सारा कपडा सफा राखी, विहान-विहानै पुन्टेलाई "मेरी धोविनी कत्ति राम्री! आई लव यू" भन्न लगाउने अनि नोकर-चाकरले भरिएको सिंह दरवार जत्रो बंगला चिताउने योजना बनाइन्। र, यसरी ती लोभिनी स्वभावकी धोविनी जिन्दगीभर सिंहदरबार जत्रो महलमा सुकिला कपडामा सजिएर पुन्टेबाट सधैं प्रसंशित हुन पाउने कल्पना गरी मख्ख भइन्।
यता सोही दिन शीत युद्द चलिरहेको पुन्टे र भउतेको बिचमा खोपी खेल्दा पैसाको कुरामा बिबाद चली युद्ध शुरु हुन लाग्यो। सामान्य झगडा साँझ परेपछि महायुद्दमा परिणत भयो। चौतारीको पेटीमा पनि दौंतरीको घरमा पनि; मुखियाको छानामा, दुखियाको आँगनमा पनि युद्ध चलिरह्यो। यसरी मध्यरातसम्म लड्दा पनि डेग नचलेपछि पुन्टे आजित भएर भउतेलाई श्राप दिंदा भए "मेरो धोविनीको तपस्याको प्रभावले तँ अहिल्यै साँढे बनिगएस्!" यस्तो श्रापले भउते साँढेमा परिणत भए। कस्ता साँढे भनेदेखि एक हातको जुरो भएको, जुरेलीका नङ्ग्राभन्दा पनि तिखा एक-एक हातका सिंङ् भएको, बाघको जस्तो मसल(muscle) भएको, हात्तीका जस्ता बलिया खुट्टा भएको। आफ्नो सामुन्ने अजंगको साँढे देखेर पुन्टेलाई डर लाग्यो र भाग्न लागे। रातभरि पुन्टे अघि अघि, साँढे रुपी भउते पछाडि पछाडि। एवं रितले लखेटा-लखेट गर्दै पुन्टेको खेतमा दौंडिंदा साँढेले सिंगौरी खेलेर पुन्टेको खेत पनि भत्काइदियो, पानी लगाउने कुलो पनि भत्काइदियो, धोविनीको पसल पनि भत्काइदियो।
पुन्टे पनि बिहान झिसमिसेमा घरमा लुकुँ भनी दौडिंदै फर्किंदा ढोका बन्द देखेर आँगनमै के गरूँ कसो गरूँ बनिरहे। साँढे पनि आयो र पुन्टेलाई हेर्दै "हुक्काँ! हुक्काँ" गरी नाकको पुरा ठुला-ठुला बनाई, लामो-लामो सास फेरी, आँखा पिर्लिक्क पारी च्यालेन्ज दिन थाल्यो। पुन्टेलाई पनि झल्याँस्स स्पेन नामको मुलुकमा गोरूलाई जिस्क्याएर खेल्ने गरेको "बुलफाइट" खेलको सम्झना आयो। यस साँढेरुपी भउतेको सेखी यहीं झारिदिन्छु भनी रातो रङ्गको टालो खोज्दा आँगनछेउको कपडा झुन्ड्याउने तारमा रातो पेटिकोट देखे र त्यही पेटिकोट लिई साँढेसँग बुलफाइट खेल्दा भए।
यता धोविनी पनि बिहान बिहानै के भएछ भनेर उठेर आँगनमा आएर हेर्दा पुन्टेले आफ्नो पेटिकोट लिएर साँढेलाई तर्काउन लागेको देखेर "लौ! त्यस पेटीकोटमा साँढेको सिङ्को माटो लाग्यो भने ब्रह्माको वरको प्रभावले जिन्दगीभर माटो लागेको पेटीकोट लगाउन पर्ला" भनी हत्तपत्त पुन्टेको हातबाट पेटीकोट खोस्न लागिन्। पुन्टे र धोविनीले पेटीकोट तानातान गर्दा त्यस साँढेले पेटीकोटमा आफ्ना दुई सिङ् रोपिदियो र पेटीकोट च्यातिन गयो। यो देखेर धोविनी पनि "हे पुन्टे! अब मैले जिन्दगीभर यो च्यातिएको पेटीकोट लगाउन पर्ने भयो" भन्दै बिलौना गर्न लागिन्। अरु कुरा सहन सक्ने तर धोविनीको आँखाको आँसु सहन नसक्ने पुन्टे पनि भावविभोर भएर साँढेसँग प्रतिशोध लिने प्रण गर्न लागे "मेरी धोविनीको यही च्यात्तिएको पेटीकोटको कसम, हेर भउते! तँलाई छोड्दिन।" यस्तो सुनेर धोविनी झन अतालिंदै "हे मालिक! अब त झन अनर्थ हुन लाग्यो। अब जिन्दगीभर तपाईंले 'मेरी धोविनीको च्यात्तिएको पेटीकोटको कसम' भन्न पर्ने भयो" भन्दै बिलाप गर्न लागिन् । हे अगस्त्यमूनि! यही कारणले कालन्तरमा 'धोविनीको च्यात्तिएको पेटीकोटको कसम' पुन्टेको थेगो बन्न पुगेको हो। धोविनको विलाप सुनेर पुन्टे पनि "यो भउतलाई साँढे बन्ने श्राप दिएर ठुलो गल्ती गरेंछु" भन्दै प्रायश्चिय गर्न लागे। पुन्टेको यस्तो अवस्था देखी धोविनीले बाँकी रहेको "चिताएको कुरा पुग्ने" वर प्रयोग गरी "भउते अहिले नै पहिलेको जस्तै हवोस्" भन्न लागिन्। तत्काल भउते मान्छेमा परिणत भए र जिन्दगीभर पुन्टेको यो अवगुण नबिर्सने चेतावनी दिंदै शरीरभरि लागेको माटो पखाल्न चौतारी छेउको धारातिर लाग्दा भए।
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तमोध्याय॥७॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठेसानको सवारी ढिलो भयो नि, बाटोमा हिलो थियो कि?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाssssईई!! ऐया बाबा! बेला न कुबेला निद्रा लागेर मर्छ! दशा लाओ भन्देखुन निद्रा लाग्छ भन्ते हाउँरा गामघरतिर के हो के हो नारन? के हुन ला हो? हुन नि सपै गाम्ले निदाए जस्तो छ। यसो अइ हेरेर अइले हेर्दा त चौतारी तल पुछार तिर रेछ मुन्छे अइ जति थे अइले नि तेति नै! कता हो सपै??????
सुपारी टोकौँ भन्दा ठुली नै छैन आज त!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म नि अघि देखिन् कुरि राख्या। यसै त उमेर गएको, एक्लै कुरा गर्नु भएन, बुढा सन्के छ भन्ने डर् ले चुप चाप फिलिम् ब्रेक मा थिएं।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के भओ लहरे? क्यार्न तेस्तो थुतुनो बना'र बस्या छौ???
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेइ त भन्या ठुल्दाई! सपै ठिटा ठिटि हरु कता अन्मरिएछन्? हामि बुडा मात्तै रेछम त ए गाँठे आज त! केइ तरुना तरुनिले रमैलो मान्ने मेला पर्ब केइ परो कि आज??? कता लाए हँ लाग्न नि?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गर्नु त, एउटा पाएको तक्मा पनि खोसिदिएपछी, कस्तो थुतुनो बनाएर बस्ने त
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निन्द्रा लागेर हैरान, भक्खर मितिङ सक्यो, साहुँ पनि गयो, तर यो निन्द्राले छोडेन
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|