[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 325170 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-30-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ko ta le ni ka bhaneko k ho?

 
Posted on 01-30-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हर्के आएछ। हन चइनि अइ दोहोरि खेल्ना आ जस्तो ला' थो तिमी, त्याँसि त बेपत्तै भयौ नि गाँठे?? हेरि यो सुक्रबार चइनि अस्ति जस्तो सिकारको बेब्सथे अर्न मिले अर के रे, मेरा नि सिकार चपाम्नलाई दाँत चरचरा' उइलेइ देखुन हो के रे, ब्यानै साग बेल्कै साग खाँदा खाँदा दाँतमा त्यान्द्रो अड्केर दिक्क लागिसको भन्या। बरु ३-४ पाथि कोदो हाम्रा तिराट ल'र धोबिनिकाँ रउसि पार्न लगाम्ने कि??? के भन्छौ??


 
Posted on 01-30-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) प्र जि अ = प्रमुख जिल्ला अधिकारी

२) को त ले नि का = आएन

३) ज चु का लि = जनकपुर चुरोट कार्खाना लिमिटेड

४) सा ट्रे लि = साल्ट ट्रेडिङ लिमिटेड

५) म ले प फा नं = महा लेखा पारीक्छ्य फाइल नम्बर (जे पा तेइ)

६) का म न पा =काठमाडौं महा नगर पालिका

७)नि से नि = आएन

८)लो से आ = लोक सेवा आयोग

९)सं व्य म = समाज ब्यवस्था मन्त्रालय (जे पा तेइ)

१०)म सिं आ = आएन


 
Posted on 01-30-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe lu hera bihana bihana raksiko kura gareko.. aaba hijo ritthele kodako tin paane banaudai chhu harke

bhandai thiyo.. antare chai banel hanna jaanu parchha bhandai thiyo yo sukrabaar raati

banel mareu bhane ek bhaag malaini rakhideu bhaneko chhu.. tyo banelko hyakulo hyakulo lai telmaa

tarera rithheko tin paane sanga chautarima bashera khamlani yo sukrabaar.

khai yo computerma to unicodenai aayena tehi bhayera nepaangrezi garera lekheko..

 
Posted on 01-30-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सम्धीले ६ वटाको सहि उत्तर( एउटाको हिज्जे गलत भए पनि अंक दिँदा) दिएर ६० अंक प्राप्त गर्नु भएको छ। त्यसैले-

स्थिती= पास, श्रेणी‍ = द्वितीय ( नोट: ७० काटेमा मात्र प्रथम श्रेणि हुने छ)


 
Posted on 01-30-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कोष तथा लेखा नियन्त्रण कार्यालय
महालेखा परिक्षक फारम न.


 
Posted on 01-30-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोनस प्रश्न चाइ आउथ्यो सुन्या जस्तो लाग्छ, उमेर सँग सँगै सम्झने सक्ती नि ढल्केर मार्यो

इस्कुला कुन्नी के कन्ठ पार्न बना कुरो जह्तो लाग्छ

 

Last edited: 30-Jan-08 01:51 PM

 
Posted on 01-30-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइवटाको सहि उत्तर दिएर रिट्ठेले प्राप्त गरेको अंक, २० -१ = १९

स्थिती= फयल, श्रेणी= श्रेणिविहीन (नोट अझै उत्तर दिएर पास हुन सकिन्छ)


 
Posted on 01-30-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा त्यो कोष तथा लेखा नियन्त्रण कार्यालयलाई

को.त.ले.नि.खा. नलेखेर को.ले.नि.का. लेख्छन क्या
सर ले नै गल्ती प्रश्न दिएकोले
सर आँफै फेल


 
Posted on 01-30-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फयल त सुन्या थिएन त कैले नि
बरु हाम्रो गाउमा एक जाना
फुयाँल चाँही थिए
फुत्त बहादुर फुयाँल पुरा नाम


 
Posted on 01-30-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निजामती सेवा नियमावाली


 
Posted on 01-30-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो 'त' बिर्सन सकिन्न?? ल ल चुप लाग धेरै नकराउ नत्र बेन्चमा उभ्याउँछु। अगिको खोसेको १ अंक फिर्ता दिएँ, तर चुप लाग्न पर्छ। अरु उत्तर देऊ।

हन सम्धीज्यूले बिर्सेकै हो र भन्या त्यो लामो बोनस प्रश्न???


 
Posted on 01-30-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

१) प्र जि अ = प्रमुख जिल्ला अधिकारी

२) को त ले नि का = कोष तथा लेखा नियन्त्रण कार्यालय

३) ज चु का लि = जनकपुर चुरोट कार्खाना लिमिटेड

४) सा ट्रे लि = साल्ट ट्रेडिङ लिमिटेड

५) म ले प फा नं = महालेखा परिक्षक फारम न.

६) का म न पा =काठमाडौं महा नगर पालिका

७)नि से नि =  निजामती सेवा नियमावाली

८)लो से आ = लोक सेवा आयोग

९)सं व्य म = समाज ब्यवस्था मन्त्रालय

१०)म सिं आ =

Last edited: 30-Jan-08 02:02 PM

 
Posted on 01-30-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम: भगुत भाइ भण्डारी     कक्षा: प्रौढ   रोल्न: ४२०

नोट: यो कापी चेक गर्न १८ बर्ष भन्दा बढी भएको हुनुपर्ने छ। कापी जाँच्ने सरले यो कापी जाँच्न ८ कक्षा पढ्ने छोरीलाई नदिनु होला। अहिले सम्म परीक्षामा ६ पल्ट गुल्टेकी छोरी हो भने चैँ फरक पर्दैन।

उत्तर:

१) प्र जि अ: प्रभातेको जि-मुआसँग न्ताक्षेरी

२) को त ले नि का : कोर्कोराएकी रुनीको लेफ्ट-गाला निचोर्ने काम।

३) ज चु का लि:  वानी चुकाउन कालीलाई लिफ्ट

४) सा ट्रे लि: सासुसँग ट्रेनिङ लिने

५) म ले प फा नं:  दन्वाको लेक्चर ढेको फाइदा म्बर-१०१

६) का म न पा: काली ईँया, क्कल पारेकी

७)नि से नि: निक्कैनै सेउसी निर्मयाँ

८)लो से आ: लोहोरो सेक्दै उनु

९)सं व्य म:  संर्गको-लागि व्यग्र हाशय

१०)म सिं आ:  हेन्द्र सिंहको मा

 

समाप्त भा' छैन, फेरि नम्बर एक बाट पढ्न सुरु अर्नुस।


 
Posted on 01-30-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वतेले एउटा उत्तर दिएर १० अंक प्राप्त गरेका छन्।

स्थिती- फयल, श्रेणि- श्रेणिबिहिन्

 

यसैगरि लहरेले ७ वटा सहि उत्तर दिएर ७० अंक प्राप्त गरेका छन।

स्थिती- पास, श्रेणी- प्रथम

अहिले सम्मको नतिजा अनुसार, लहरे फस भाई भएका छन्।


 
Posted on 01-30-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


bhautele hasaayo

 
Posted on 01-30-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

फस बेन्चका अति नै होनहार बिध्यार्थी भगुतभाइले १० मा १०सै वटा उत्तर अत्यन्तै सहि दिएर १०० अंक र साह्रै नै चित्त बुझ्दो तथा मौलीक उत्तर दिएकोले अर्को १०० गरेर जम्मा २०० अंक प्राप्त गरेका छन्। फस भाई भगुतभाईलाई बधाई छ। यति भन्दै म शिक्षक २ नम्बरको उत्तरलाई कसरि कार्यान्वयन गर्ने भनेर ब्रेक लिन चाहन्छु। धन्यवाद्।


 
Posted on 01-30-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

) प्र जि अ: प्रभातेको जि-मुआसँग न्ताक्षेरी

२) को त ले नि का : कोर्कोराएकी रुनीको लेफ्ट-गाला निचोर्ने काम।

३) ज चु का लि:  वानी चुकाउन कालीलाई लिफ्ट

४) सा ट्रे लि: सासुसँग ट्रेनिङ लिने

५) म ले प फा नं:  दन्वाको लेक्चर ढेको फाइदा म्बर-१०१

६) का म न पा: काली ईँया, क्कल पारेकी

७)नि से नि: निक्कैनै सेउसी निर्मयाँ

८)लो से आ: लोहोरो सेक्दै उनु

९)सं व्य म:  संर्गको-लागि व्यग्र हाशय

१०)म सिं आ:  हेन्द्र सिंहको मा

 

यो ठिक न भए यो ठिक हुन्छ कि?

) प्र जि अ: प्रमुख जिल्ला अधिकारी

२) को त ले नि का : कोष तथा लेख नियन्त्रण कार्यालय।

३) ज चु का लि: जनकपुर चुरोट करखाना लिमिटेड
४) सा ट्रे लि: साल्ट ट्रेडिङ् लिमिटेड
५) म ले प फा नं:  महा लेख परिक्षकको फारम् न

६) का म न पा: कठमाडौ महा नगरपालिका
७)नि से नि: निजामति सेवा नियमावली
८)लो से आ: लोक सेवा आयोग
९)सं व्य म:  संसदिय ब्यबस्था मन्त्रालय
१०)म सिं आ:  महाकाली सिंचाइ आयोजना।

 


 
Posted on 01-30-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुदै च गाम्लेहरु ताअाअाअाअाअाअाअा


 
Posted on 01-30-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब ख को ला ज नो खा न का जी म सा आ ख ब ख को ला ज नो खा न का जी म सा खा घ टे रा


बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ल बस्ने, महिनाको सात सय खाई घरमा टेलिभिजन राख्ने।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters