[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संझना दिदी !

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 76834 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 06-05-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी !


धेरै बर्ष पछि काम बिषेश ले आफ्नो पुरानो स्कूलमा पुगेको थिएं। बिश्व निकेतन को स्वरुप पुरै बद्लिसकेको भए पनि स्म्रिति पटलमा अझै संझनाहरु छरप्रष्ट थिए। आधुनिक भवन, नयाँ नयाँ सर् मिस् हरु। तर पनि हामीले  चिन्ने, हामीलाई पढाउनु भएका सर् मिस् हरु थिए नै
। हेडसर् संगको भेटको क्रम मा उही पुरानो गुनासो भनुं को चिन्ता प्रकट गर्नु भयो।


"बोर्ड ल्याउन सकेन स्कूलले। आजभोलि राम्रा बिद्यार्थीहरु सरकारी स्कूलमा आउन नै छाडे।"

"राहुल्,  आज को लास्ट पिरियड मेरै छ क्लास् टेनमा, संगै हिंड। बिद्यार्थीहरु लाई केही प्रोत्साहन गर्नु पर्यो। यसपालीको ब्याचमा केही राम्रा बिद्यार्थीहरु छन्। बोर्ड ल्याउन सक्ने। मोटिभेशन को कमी छ।"

"हुन्छ सर्!"  मेरो सानो प्रयासले प्रेरणाको संजिवनी  बन्छ भने एक् चोटि त के बारम्बार यो स्कूलमा आउन तयार् छु। आखिर यो स्कूल ले नै त हो नि म जस्तो लड्डु लाई मान्छे हुनुको अनूभुति दिलाएको।" मैले नि दिएं एक भाषण।

हेड् सर् ले मेरो परिचय दिनु भयो,  बढाइ चढाइ । यस्तो थियो राहुल्, उस्तो थियो राहुल्।
आफ्नो पालो मा मैले नि आफुले स्कूल पढ्दा को, गरिबी बिरुद्ध लड्दा को राम कहानी सुनाएं। इङ्लिशमा नेगेटिभ सेन्टेन्स के भन्ने थाहा न पाएको राहुले ले कसरी उच्चत्तम अंक हासिल गरे, नेपाली को एउटा वाक्य शुद्ध लेख्न न जान्ने ले नेपाली मा नेपाल भरि मै सर्बाधिक अंक  कसरी ल्याए, आदि इत्यादि भनें।


अन्तमा हेडसर् ले, दाइ संग केही सोध्नु छ भने सोधी हाल् भनेर बिद्यार्थीलाई भन्नु भयो। एक जना छात्राले मात्र केही सोध्ने हिम्मत गरिन्। उनको जिज्ञासा पुरा गर्न सकें वा सकिन अर्कै कुरा तर उनीमा भएको कन्फिडेन्स ले प्रभाबित पार्यो। फर्किने क्रममा, हेड सर् ले अघि प्रश्न गर्ने छात्राको बारे केही भन्नु भयो।
 सदिच्छा श्रेष्ठ, बाबु ४ बर्षको नहुदै गुमाई, आमा पनि १० बर्ष देखि जापान मै छिन्। बिचरी मामा घरमा  दुखले बसेकी छिन्, तर ट्यालेन्टेड छे।
मलाई आशा छ, यसले केही न केही गर्छे। पारिवारिक चिन्ताले पढाइमा असर गरेन भने छात्राहरु तर्फ बोर्ड ल्याउछे।

 स्कूल छुट्टीको टाइम पनि भयो, हेडसर्  संग बिदावारी गरी स्कूल बाट फर्किने क्रम मा मैले स्कूल को गेट निर सदिच्छालाई देखें। अघि सर् सदिक्षा को बारेमा भन्दा कता कता चिनेचिने जस्तो लागेको थियो। मन ले कहि सम्झना दिदी को छोरी त होइनन् सदिच्छा भने जस्तो लाग्यो। पारिवारिक हुलिया ले त्यस्तै संकेत गर्थ्यो। 


सोधि हालुं जस्तो लाग्यो र बोलाएं-"सदिच्छा!"


एक छिन अलमलीइ उनी। हजुर , तपाईं ले बोलाउनु भएको?

"हो।"


"तिमी संझना दिदी को छोरी हो?" मैले ठाडै सोधी हालें।


"हो सर्,  तपाईले चिन्नु हुन्छ, मेरो मम्मी लाई?" उनको चेहरामा अनौठो चमक् आयो।

 
"हो म चिन्छु दिदी लाइ, कुनै समयमा हामी एउटै अफिसमा काम् गर्थ्यौं"  मात्र  भने। भन्न त मन लागेकोथियो धेरै कुरा तर कलिलो उमेरको कलिलो मष्तिस्क मा गहिरो चोट पर्ला कि भनेर भनिन।  संझना दिदीको जीवन  यात्राका प्रतिकूल् समयमा  केही बाटो मैले नि संगै हिडेको छु, घाउहरु दुखेको छु।

संझना दिदीको बारेमा सुन्ने जान्ने रहर् थियो होला तै पनि साथी सङ्गिहरु सित घर् हिड्न लागेकीले मैले डिस्टर्ब गर्न् उचित मानीन।
मलाइ हतार् छ, कुनै दिन फेरि स्कूल आउला भन्दै थोत्रो के बजाजलाई लात मारें।

संझना दिदी र म एकै ब्याचमा जागिर् भएका थियौं। उमेरले हामी भन्दा सिनियर भएकी ले सबै जना  ना सु संझना श्रेष्ठलाई संझना दिदी भन्ने गर्थे। साह्रै मिजासिला,काम प्रति लगनशील, भलादमि कर्मचारिको रुपमा चिनिन्थ्यो। जागिर् को केही समय मै मेरो शाखा मा सरुवा हुनु भयो। समय मै अफिस आउने अनि भएको काम् सके पछि मात्र जीवनको यावत पक्षमा खुलेर बहस् गर्ने गर्नु हुन्थ्यो। किन यो उमेरमा कसरी हाम्रो अड्डा मा जागिर् खान पुगी देखि लिएर पारिवारिक किचलो, बाल् बच्चाको भबिष्य सम्म को कुरा गर्नु हुन्थ्यो। हाकिम् आफु भए पनि जीवनका धेरै जीवन्त वसन्त भोगेकी, धेरै जर्जर् पटझर् झेलेकी दिदी को कुरा मनन् गर्थें।

सदा झै टाइम अफिस आउने  संझना दिदी त्यो दिन म अफिस पुग्दा पनि देखिएन। हाकिम भएर भन्नु भन्दा पनि नानी देखि लागेको बानी टाइमा अफिस बिरलै पुग्थें। स्कूलमा त ढिला पुग्ने रेकर्ड राख्ने मान्छे।
टाइपिस्ट् लाई सोधें। "संझना दिदी आउनु भएन?"
 
"खै सर्, अहिले सम्म न आएकी ले आउदैन कि?"
"फोन सोन त गरेकी छैन?"
"छैन सिर्।"

नेवारहरु को घर् मा अनेक भोजभतेर् होला त्यसैले न आएकी होली। एुउटा टिप्पण्णि लेख्न दिएको थिएं, फाइल पो कहाँ राखेर गई फेरि, म एक छिन आफै संग कराए।
ड्रयर् खुला थियो, मैले खोजेको फाइल माथी नै रहेछ। अधुरो टिप्पणीको साटो आफै अर्को टिप्पणी लेखेर स्वूक्रितिको लागि कर्यकारी प्रमुख कहाँ पठाइ दिएं।

अर्को दिन पनि संझना दिदी म अफिस पुग्दा सम्ममा देखिएन।  मौसम खराब् छ, बिरामि भयो होला भन्थाने। दिउसो खाजा खाने समय तिर् हस्याङ् फस्याङ् गर्दै आइन्।
मैले केही भन्न न पाउदै भन्न थालिन्।

"सरी सर्, सर लाइ फोन पनि गर्न भ्याइन।"
"के भयो दिदी?"
"मेरो श्रीमान् लाइ हस्पिटल् लगेको। कोइ छैन हेर्नुस् त हेल्प गर्ने।" (बिबशताको उदबोधन!)
 
"के भएको किन लगेको?
अस्ति नै टाइफाइद भएको निको भैसकेको भनेको होइन?"
 
हो सर्, ज्वरो बल्झियो, बेहोस् हुनु भयो घर् मै। अनि हस्पिटल् लगेको।

"डाक्टर् साहेबहरु के भन्छन् त?"

खै टेस्टहरु को रिजल्ट नआउन्जेल केही भन्न सकिन्न रे। के हुने हो के? म त साह्रै टेन्सन् मा छु।

"टेन्सन् न लिनु, टेन्सन् लेने का चिज नहि है, देने का है भन्थ्यो इलाहाबाद मा।"

भोलि सम्ममा टेस्ट् को रिपोर्ट आउछ भनेको छ, सर् ले कोइ डाक्टर् चिन्नु भएको छ भने भन्दिनु पर्‍यो, मेरो बुढा लाइ खास के भएको हो?

उनको स्वरमा नमिठो त्रास् को अक्म्पन थियो। आत्तिएकी, बिबश नारी को अन्तर्आत्माको आवाज सुने जस्तो लाग्यो।

"बीर हस्पिटलमा होइन?"
 
हो सर्, मेल् मेडिकल् वार्ड्, २०१ नम्बर् को बेडमा।


 "त्यता भए त म संगै पढेका ३७ जना डाक्टर् छन्, कोइ न कोइ त भेटिएला। म भोलि अफिस् सकिना साथ त्यतै आउछु। धन्दा नलिनु। बिरामी लाई राम्रो सङ हेरबिचार् गर्नु।

 "हस सर्" भन्दै हतार् हतार् पाइला बढाइन्। क्रमश:


 


 
Posted on 06-18-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लोरम्फेनिकलको असर पनि खतरा हुँदो  रइछ ! टाइफोइड हुँदा जैले तेइ खाने गरेको !

ठुल्दाइ डाक्टरलाई त साफ झपार्नु भएछ नि ! क्या ठिsssस रइछन्त डाक्टर पनि !

हे गन्नु त्यो रिपोर्ट गलत निकाल्देउ

Last edited: 18-Jun-08 08:41 PM

 
Posted on 06-18-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichara samjana dd. bhagwan ni kasto nisthuri ...
भगवान प्रति बिश्वास गर्नुस्, यो रिपोर्ट गलत हो भनेर। दुर्भाग्य बस यही रिपोर्ट निस्कियो भने बिरामी को बाच्ने लक्षण धेरै कम छ।


 
Posted on 06-19-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर जी,
हेरौं संयोगान्त हुन्छ कि संझना दिदीको जीवन कथा। मृत्‍यु अबसंभाबी छ नै माछे भएर जन्मे पछी। कस्तो मृत्‍यु कसरी वरण हुने भन्ने मात्र हो।

लहरे जी,
मिराकल को प्रार्थना त्यबेला नि गरेको थिएं, अझै मिराकल को आश मा छु। दु:खद अन्त्यको रहर कस्लाई पो हुन्छ र?

रिट्ठे जी,

हो त्यतिबेला, टाइफाइड भयो भन्ने शंका लाग्यो कि क्लोरमफेनिकल दिने सर्बमान्य चलन थियो। रामवाण मानिन्थ्यो तर कहिले कही त्यो वाँणमा नि खिया लागेको हुन हुन्थ्यो। २०४७-४८ तिरै कथामाडौ मा क्लोरामफेनिकल लाई अनौपचारिक रुपमा ब्यान गरी सकेको थियो। ज्ञान भएका डाक्टरहरुले त्यसको साइड इफेक्ट यस्तो डर लाग्दो हुन्छ भन्ने थाहा पाएर सिप्रोफ्लोक्सासिलिन दिन थाली सकेका थिए। तर पनि औषधी पसलका अजासु हरुले सस्तो राम्रो भनी क्लोराम्फेनिकल नै दिने गरेका थिए। संभवत २०५५ साल तिर मात्र पूर्ण रुपमा यो औषधीलाई औषधी ब्यबस्था बिभाग ले प्रतिबन्ध लगायो, त्यतिन्जेल केही संझना दिदी हरु बिधवा भैसकेका थिए। खास कुरो कुनै ओखतिमा एमिनो बेन्जिन को रिङ्ग छ भने त्यसले रियाक्सन गर्ने रहेछ। क्लोरमफेनिकल मा एमिनो बेन्जिनको श्रिंखला हुंदो रहेछ।

रबी जि,
निष्ठुरी नै भए पनि भगवान र प्रेमी को पूजा गर्नु पर्छ रे । काल हो अकाल मा पनि चक चक गरी रहन्छ क्या।


 
Posted on 06-19-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलो जानकारी पाइयो ठूल्दाई!

हैन यो क्लोरमफेनिकिलको साइडइफेक्ट पनि यस्तो फ्याटाल???

खै कथाको पारा हेर्दा संयोगान्त होला जस्तो छ लाग्दैन तै पनि कुराईमा!!


 
सान्नानी
Posted on 06-19-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा पढ्ने हिम्मत नै जुटाउन सक्या छैन। : (
 
Posted on 06-19-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कस्तो मन नै नरमाइलो भयो। मान्छे ले के के भोग्नु पर्ने है? बाच्नु पर्छ जे पनि देखिन्छ अनी सुनिनन्छ र भोगिन्छ पनि
 
Posted on 06-19-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hetterika, aba k hune hola?

Bichara Samjhana didi...

 

Hamro nepal ma kina kunai pani nura ma positive development huna nasakya hola. Maanche ko jyan ko kura ma ni katra laparwahi garchhan .... Dikka lagyo malai ta!!

Last edited: 19-Jun-08 10:25 AM

 
Posted on 06-19-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लोरम्फेनिकल त आँखा पाक्दा पनि हाल्छन नि हैन ड्रप चाँही ! त्यो अझै ब्यान छ र?

अब अर्को भाग चाँही  भोली ४-५ बजे तिर हाल्नु है ठुल्दाइ


 
Posted on 06-19-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl posting.

Last edited: 19-Jun-08 12:29 PM

 
Posted on 06-19-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री २ बर्षकी छोरी, जस्ले बाबा को अनुहारको चित्र समेत उतार्न सक्ने हुन कि हैनन, म कसरी बुझाउँला उन्लाई कि उन्को बाबा कहाँ हराएका हुन। अब को होला उन्को हात समाएर प्रत्यक सांझ याताउती खुमाउदै हिंड्ने। को होला उन्को प्रत्यक मासुम जिज्ञासाको समाधान दिने। अब उन्ले कस्लाई कुर्लिन प्रत्यक ५ बजे, कस्ले ल्याइदेला उन्लाई मिट्ठाइ र चक्लेट प्रत्यक सांझ।  भगवान यो अकाल को मृत्‍यु कुन कर्म को सजाय दिदैछौ। मृत्‍यु कुनै कस्रुर को सजाय हुन सक्दैन। यो सजाय हैन। तिमी के दिदैछौ, जो म थेग्न सकिरहेको छैन। म झेल्न सक्दिन, यो मेरो आफ्नो मान्छेको मृत्‍यु। बरु मलाई देउ त्यो शहरस सुइकार्य छ। 

 

ल हेर आफ्नो कुरा मात्रा राखेर ठुल्दाइको कथाको कुरा त भुसुक्कै बिर्सेंछु।
मनै पिरोली रहने बियोगन्त कथा रहेछ जस्तो छ। आसा गरौं अनुमान गलत ठहरियोस्। वा रगतको प्रतिबेदन त्यस्तो न-आओस। 

Last edited: 19-Jun-08 12:27 PM

 
Posted on 06-19-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई डाक्टर हो कि ईन्जिनियर हो मैले त थाहा पाउन नै सकिन। कहेले सिविल ईन्जिनियरिङको कुरा गर्नु हुन्छ कहेले मेडिकलको कुरा गर्नु हुन्छ कथाहरुमा

सुमन अन्वर सुमन


 
Posted on 06-19-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, धेरै पछी तपाईंको कथा पढ्ने मौका पाएँ। एकदमै मार्मिक सुनिन्छ। कथाको शुरुको भाग पढ्दा त बियोगान्त होला जस्तो देखिन्छ, आशा गरौं, मेरो अनुमान गलत होस्। ठुल्दाइ, लौ छिटो पस्कम अरु।     

 

 
Posted on 06-19-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त सउँझना दिदीओ मुया लाएर आओ कठै! ठुल्दाई चाइन्जो यसरी लामो लामो बिरेकाँ खेरा फाल्न भएन भन्या! लेख्न परो धमाधम!

क्यार्ने संसारओ चलनै यस्तै छ, कस्को भाग्यमा के के लेखेओ छ त्यै त्यै हुने न हो! हेरम् ठुल्दाईले अरु भागाँ के के लेख्नुहुन्छ! लौ छिटो पस्कम अरु!


 
Posted on 06-19-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी,
सत्यलाई मोड्न तोड्न सक्दिन। त्यसैले जे सत्य हो त्यही लेख्छु। हो त्यो बेला को तकडा आन्टिबायोटिक को झट्का fatal थियो नै। तर 1/100000 रिस्क भनेको अक्केप्टेबल नै हो तर पनि जुना बेला त्यो घट्ना भयो त्यती बेला नै Ciprofloxacilin का बिभिन्न ट्रेड नेम आन्टिबायोटिक बजार मा थियो, जस्तो, Cipro, Cibat, Cipod , Cipra ।

सान्नानी,
हिम्मत जुटाउनु नै पर्छ, जिन्दगी घाम छाया न हो। चर्को घाम संग चिसो छाया संग भाग्न सक्नु हुन्न।

दीपिका जी,
त्यही त मान्छे भएर जिउनु पर्छ, के के पिउनु पर्छ के के भने जस्तै हो।

आशुँ पिएको छु,

हाँसो सिएको छु।

जिन्दगी हो

यसरी नै जिएको छु।


रिट्ठे जी,
आँखा मा लगाउने आआइ ड्रोप त्यही नामधारी भए पनि त्यसले यस्तो असार गर्दैन। external use र शरीर भित्र को पाचन् प्रणालिमा मिस्सिएर रक्त संचार प्रणालीमा जानु फरक फरक कुरा हुन।

सुन्तले जि,
तपाईं को यो अर्थपूर्ण भाव सापटी लिएं है, कपी राइट को मुद्दा नहाल्नु होला, आगामी भागमा त्यो अंश राखेर कथा लाई अझ जीवन्त बनाउने कोशीश गर्ने छु।

चिप्लेढुंगा जी,
सके आजै अर्को ( अन्तिम हुन सक्छ?) राख्ने छु, पढ्नु भएको मा धन्यवाद।

सुमन जी,
न झुक्किनुस्, असली जिन्दगीमा पनि नक्कली जिनदगीमा पनि इन्जिनियर नै हुं। यसैमा गर्ब छ। इन्जिनियरिङ्ग को नि अनेक बिधा छन नि अचेल, जिन्दगी का अवयब हरुकोको हिसाब किताब अब डाक्टर ले भन्दा इन्जिनियर ले गर्ने छन।
 
 कुम्ले जी,
कुम्ले जस्तै सोझो मान्छे को बाङो कथा हुन सक्दैन। सके सम्म छिटो राख्ने नै छु।


 
Posted on 06-19-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तपाईं को यो अर्थपूर्ण भाव सापटी लिएं है, कपी राइट को मुद्दा नहाल्नु होला, आगामी भागमा त्यो अंश राखेर कथा लाई अझ जीवन्त बनाउने कोशीश गर्ने छु।"

मेरो अहोभाग्य दाई


 
Posted on 06-19-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ragat ko report positive but coming back, snake bites him and ... Just kidding

 
Posted on 06-20-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को नयाँ प्रस्तुती बल्ल पढेर सकियो,  धेरै नै दु:खद कथा रहेछ। कथाको पढ्दा त बियोगान्त होला जस्तो देखिन्छ। तै पनि अन्तिम भागमा कुनै miracle पो हुन्छ कि ?
 
Posted on 06-20-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल जी,
अनुमतिको लागि आभारी छु।

ओसी राम जी,
तपाईं को अन्दाज संग मेल खान्छ खाँदैन हेर्दाइ जाउं।
नेप्छे जी,

मिराकल को आश हरकोइ ले गरेका छन। संभवत आजै अर्को भाग राख्न कोशिश गर्ने छु। आज नै अन्तिम द्रिश्य को पर्दा उठ्न सक्छ, हेरौं, के हुन्छ।
 


 
Posted on 06-20-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai le malai chhin kehi nabhannu bha? maile ni comment garya thiye ni!!!
 
Posted on 06-20-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा चेली लाई छुताउनु भयो नि ठुल्दै। बिचरा च् च् च्।। नरीसौन
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters