[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 240363 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would like to say something to all ppl of chautari. हामी सबै चौतारीमा रमाइलो गर्नको लागि आउछौ। सबैले सबै सँग ख्याल थत्ता गर्दा तेस्लाई serious li लिए दिनु भएन। if u guys cant take jokes then this place is not for u. sorry mero mukh ta ali chucha cha hai. dont take it other way.
 
Posted on 06-21-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhu dadu muahhhhhhhhhhhhhhhhhhhhh
 
Posted on 06-21-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई माफ गरि देउ मेरा लोभि नजर
कहिं कसैलाई बिझे छ भने,
म त खोजि रहेछु हरेक चेहरामा
मेरि सपनाकि एक् प्रयसी मायालु
मलाई माफ गरि देउ.............

उ अौछे सधै म निदाएको बेला
अनि बस्छे सधै छातिमा
उ साट्छे सधैं मेरा पीरहरु सित
उस्का मीठा मीठा भावना,

मलाई माफ गरि देउ मेरा म्रिग त्रिष्णा
कहिंकसैमा देखेछु भने
म त रोजी हिड्छु हरेक चेहरामा, मेरि सपना की एक प्रियसी मायालु............

उस्को आखा र ओठ मेरो रोदि घर हो,
उस्को छाति मेरो बास हो

उस्को आशु बर्षा, उस्को सुस्केरा शिशिर्
उस्को मुस्कान मेरो मधुमास।

मलाइ माफ गरि देउ मेरा प्रेम कुरा
कहिं कसैलाई बिझे छ भने,

मत खोजि रहेछु हरेक चेहरामा मेरि सपना कि एक प्रियसी मायालु........
मलाइ माफ गरि देउ...........

 
Posted on 06-21-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul da nice song. how r ya da?
 
Posted on 06-21-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो नि म्वाँ म्वाँ छ ठुलि!
क्यार्दै छौ? भात खायौ?
 
Posted on 06-21-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात खायौ . katako bhat khanu ni. hajurle kya mitto bhat pakaunu huncha re ho. kahile kaahi hamlaini khana bolaaunus na
 
Posted on 06-21-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निस्ठूरी भनि
तिम्रो जस्तो ब्यथा,बाधा(बाचा?) मेरो पनि

तिमिलाई अंगालि कता कता
भागिजाने धोको मेरो पनि
तर पाउमा दस्तुरको
तिम्रो जस्तो कल्लि मेरो पनि
दुई प्राण एक नभए पनि
तिमी सितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निस्ठूरी भनि

देवता त हैन म पनि
धेरै कमजोरि छ मेरो पनि
पिर वेदना तिम्रो जति
त्यति नै त छ यहाँ मेरो पनि
रात मा रोएको तिमी पनि
रात मै रोएको मै पनि
नबोलाऊ मलाई निस्ठूरी भनि

फेरि जदौ! यो माईला बिर्खेको!!
 
Posted on 06-21-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्कु ठुली! चिया खायौ? म त आज बिहानै पाठशालामा।
बिर्खे जिमालबा लाई सन्चै?
 
Posted on 06-21-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवता त हैन म पनि
धेरै कमजोरि छ मेरो पनि
पिर वेदना तिम्रो जति
त्यति नै त छ यहाँ मेरो पनि
रात मा रोएको तिमी पनि
रात मै रोएको मै पनि
नबोलाऊ मलाई निस्ठूरी भनि

What a clasic piece, it is.

धेरै धेरै थ्यान्कु बिर्खे जीलाई, नारण दाइ को सुन्दर् सिर्जना याद दिलाई दिनु भएको मा।
 
Posted on 06-21-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई को बाट -
उस्को आशु बर्षा, उस्को सुस्केरा शिशिर्
उस्को मुस्कान मेरो मधुमास।

जिम्माल बा को बाट -
रातमा रोएछौ तिमिपनि, तिमि जस्तै रोएं मै पनि,
नबोलाउ मलाई निस्ठुरी भनि, तिम्रो जस्तै बाधा मेरो पनि

दुइ फरक-फरक अभिब्यक्ति, गज्जब छ हगि !!!

सबै लाइ नमस्कार, तारेमाम गरें है मैले फेरि।
थुली, भात खाउ बा!! अब जिम्माल बा ले पकाको भात कुरेर नि काहि हुन्छ र?
बुढो बा ले ब्यान पकाउन थाल्यो भने राति खान ठिक्क हुन्छ।
 
Posted on 06-21-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे दा ले खाना खान बोलाउलाकी भनेको र गीत पो गाउँ थाल छ।
नेप्ची दि हजुर ले ठीक भन्नु भो बुढो बा ले ब्यान पकाउन थाल्यो भने राति खान ठिक्क हुन्छ।
 
Posted on 06-21-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुदैछ यहाँ? हरिलाइ नयाँ चौतारीको लागि धन्यवाद छ, हुनत सेन्चुरी कटिसक्यारैछ। आफू त बिजी भएर चियाउन सम्म नभ्यारा'को ल।

हिजो के भा'रैछ नि चौतारीमा? अचेल त हरेक दिन केही न केही ईन्टिरेसटिउँ (interesting) ईभेन्ट हुन्छ भन्ने सुन्याथें। ल जे भएनि रमाइलो गर्दै गरम्।
गरम् गरम् चाय गरम्।
यस्तो गर्मीमा के चिया खानु र?
ठण्डा ठण्डा आइसकिरिम ठण्डा

सपोइ गाम्लेहरूमा यो चित्रू बन्दर (सरी! बहादुर) मुखियाको जदौ!
 
Posted on 06-21-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज अचम्म भै गए छ, चित्रु भैयाले चाय को दुकान् से ठ्ण्डा बेचे छ। अरे हजुर्, चायमा आइस मिलाके बेचे छ। दु चात् चप्पल इनाम मे मिलि गए छ। जय राम जी के।
 
Posted on 06-21-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जये राम जि कि !!
बिहिबारे जदौ यो बिर्खे माइलाको !!
 
Posted on 06-21-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे च्यामा आइसुकुरिम चोपेर खाउ त क्या मीठो हुन्छ ।
गर्मिमा सितल जाडोमा तातो बनाउछ यसरि खाएमा

 
Posted on 06-21-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मैले पका' भात खान कुरेर बस्या रे ठुलि?
हे हे हे नेउचि क्यार्न ब्यान पकाम्न बस्दा रात पर्नु नि। अइ नै बसालि सकेँ भात। बरु तिउन के पकाम्ने भनेर सोचिरा। बारिआँ अलि अलि फस्रिको मुन्टा थो तेइ टिपेर ल्याम्नु पर्छ अस्तो छ! :)
 
Posted on 06-21-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जिमाल बा नि सोच्दा सोच्दै तिउन पकाउन बिर्सने होला फेरि। बुढाको बिर्सने बानी छ,। बेला कु बेलामा जिम्मालनीलाई बाटामै छोडेर् हिडेको त कतो कति रे न। फर्सिको मुन्टा किन्न गाको मुन्छेले भन्टा किनेर ल्याउने। खसि किन्न गएकोले फर्सी किनेर ल्याउने। आलुको ठाम् मा पिडालु। जिम्माल्नीले अस्ति धर्धरि आशु बगाउदै सुनाउदै थिई। के गर्नु जिम्मालनी आमा, यस्तै हो मान्छेको शुद्धि हराए सि बुद्धिले नि काम् गर्दैन भनेको यहि को चिन्ता नलिनुस्, एक् न एक् अदिन ठिक हुन्छ भनेर सम्झाएको थिएं क्या र। हरे शरणम्।
 
Posted on 06-21-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हउल्बा हउल्बा हउल्आमाले हड्ताल् गल्या हो खाना पकाउन्न भनेर? इखिखिखि
-तितौरि
 
Posted on 06-21-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

क्यार्नु ठुल्दाई! चाइन्जो आँखोमा जालो लाओ, नलिखुट्टो धर्मराउन थालो, आन्द्रा छुत्ति खेल्न थालो, भुँडि बाउँडिन थालो, पिँडुल्लो फर्कन थालो, पुर्पुरो चर्कन थालो, ढाड सट्किन थालो, अब एइ चाला हो भन्देखुन सपै ज्यान ढल्न बेर मान्दैन। अब एस्तो बेलाँ चाइन्जो अलि अलि सुद्दि नि हराउँदो रेछ गाँठे! तेइ भ'र एउथोक लिन गा मुन्छे अर्कोथोक बोकेर फर्क्या हुम!

हे हे हे सान्नानिले हाउँरि नातिनिओ जसरि कुरो अरिछिन! हरिताल नै अर्या त हैन के रे भात तिउन पकाम्न तर कइले काइँ म बुडो नि सुरिन्छु के एस्ता कुराँ। पकाम्न मुन ला'र आम्छ कइलेकाई! मासु ल्या बेलाँ त ए रात्तै ख्याल पकाम्न मुन लाउदैन। तोरिको तेल कसौँडिमा ततार' मासु हालेर भुट्दा 'चट् चट् चट्' अरेर मासु पड्केओ हेर्दै गन्ध नाकाँ पुउदा मेरि बास्सै सपै काँचै चपाम झैँ हुन्छ गाँठे!
 
Posted on 06-21-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो त भात पाक्यो। तल टरकमा बडा मज्जाको मासु भात पाइन्छ। हिडें खान म त ट्रक तिर्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters