[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बुढाबाको लठ्ठी
[VIEWED 11304 TIMES]
SAVE! for ease of future access.
Posted on 03-15-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल चाहिँ सेतो धोति ।

"यो बुढो उमेरमा कति धर्म गर्नु परेको हजुरलाई ,रुघा लाग्यो ज्वरो आयो स्यहार्न भगवान आउँदैनन् मैले गर्नुपर्छ ।सँधै ननुहाए पनि त हुन्छ नि ।"बुहारि झोक्किन्थीन धेरै जसो

"बुढीलाई त नटेर्ने म पहिले। तँ फिस्टि बुहारी"बुढाबा मनमनै सोच्थे ।

हुन त बुढी आमै खसेको धेरै पहिले तर सम्झीन्थे बुढाबा कहिलेकाहिँ बुढीआमैलाई ।गाउँघरका बुढापाका भेला हुँदा भन्थे

"मेरी मुखीनी को बुलाकि चार तोलाको थियो ।अहिलेको कुरा गर्ने हो भने त एकलाख रुपियाँ नाकमाँ झुण्ड्याएर हिँड्थी मेरी मुखिनी । महि पार्दा हल्लिदाँ नाक कति सारो राम्रो देखीने बुलाकी सहितको । उसले मथेको घिउ त झर्के कचौराको भरि एकै छाकमाँ सिध्याउँथे म !"

त्यो उमेरमाँ पनि बुढाबा ठमठम हिन्थे । बा को घरबाट बुढापाका भेला भएर गफ गर्ने ठाउँ लक्का जवानलाई हिँडेर पुग्न पन्ध्र मिनट लाग्ला बरु तर बुढाबा दश मिनटमैँ पुग्थे ।गाउँका मान्छेहरु भन्थे "यमराजले बुढाबालाई लिनलाई दुत नपठाएको होईन रे ,बुढाबा छिटो हिँड्ने भएर तिनीहरुले भेट्टाउन सकेनन अरे ।"

 हरिक्रिष्णले "गाई किन्नु छ बुढाबा तँपाईँ त दुध खाँदा खाँदै पाको हुनु भएको मान्छे ,चन्द्रेको मा भएको गाई हेर्न जौँ न "भनेर लिएर जाने बिचार गर्दै भन्यो एक दिन ।

बुढाबाले हाँस्दै भनेका थिए"म बुढोलाई के दुख दिन्छस् ,गाई नै त किन्ने हो नि मन नपरे नकिन ,किनेर मन नपरे बेचिदे,गाई नै ल्याउने हो ,बुहारि भए पो शिल स्वभावकि भनेर हेर्न गइदिनु ।"तर हरिक्रिष्णे मानेन ,बुढाबा जानै पर्ने भयो । एक घण्टाको ओरालो बुढाबा पछि पछि आए ,हरिक्रिष्णे अघि अघि गाई घच्याउँदै हिड्यो ।

घर फर्किने बेलामा बुढाबाको पाँसुला फर्के जस्तो भयो ,बुहारिलाई घर फर्केर तेल लगाई माँगे ।

"बुढो भयो जिउ ,हेरचार गर्नु छैन त्यो दुई दुई घण्टाको बाटो किन हिँड्नु परेको होला"बुहारि फतफताउँदै तेल लगाईदिन थाली ।

"तँ सारै गाली गर्छेस हौ बुहारि बुढो मान्छेलाई ।"बुढाबाले दुखेसो पोखे ।खुट्टा सारै दुखेर मात्रै सुस्तरि बोले बुढाबाले नत्र बुहारिलाई नै टेर्ने खालका मान्छे थिएनन् बुढाबा ।

"मायाले नि बा ,पिरले ।केटाकेटि जस्तै पछि पछि लाग्ने कुरा आएन ।अलि अलि त तँपाई ले पनि सोच्नु पर्यो नि ।"तेल को कचौरा छेउमा राखीदिएर ,बत्ति निभाउँदै बुहारिले भनी ।

त्यो राति बुढाबा उठ्न सकेनन पिसाव फेर्न जानलाई पनि । छोराहरु आएर ट्वाईलेट सम्म पुर्याईदिए । त्यो दिन देखी बुढाबाको हिँडडुल कम भयो । एक दिन कान्छो छोरोले लठ्ठि लिएर आयो बुढाबालाई हिँडडुल गर्न सजिलो होस भनेर हात ले समाउने बिट छड्के भएको , बिट चाँदि जस्तो तर फलामको पाताले बेरेको थीयो लठ्ठी भरि डन्डिफोर जस्ता थोप्ला थोप्ला थिए अनि चिल्लो थियो लठ्ठी ।

तर बुढाबा लठ्ठी देख्ने बित्तिकै झोक्किए ।

"अहिले सम्म लठ्ठि बेगर नै हिँडेको म अब मर्ने बेलामा किन लठ्ठी बोक्छु ,फ्याँकिदे त्यसलाई ,अहिल्यै जलाउनलाई दाउरा जम्मा गर्न थालिस् कि क्या हो कान्छा ?"

कान्छो छोरो निशब्द भयो बुढाबा झोक्किएपछि ।उसले बुढाबा सुत्ने कोठाकै कुनामा लठ्ठी थन्क्यायो ।

दारी छोराले काटिदिन्थे बुढाबाको बुढाबा  थलिएपछि ,हफ्तामा एक पटक । गाला चाउरि परेका थीए बुढाबाको आईरन लगाईदिउँ जस्तो त्यस्ले दारि काट्नलाई सारै अफ्ठ्यारो धुले बाटोमा गाडि गुडाएजस्तो कहिले यता ढल्केको छ कहिले उता ,फेरि बुढो शरिर ब्लेडले काट्यो भने त रगत नरोकियेला भन्ने पिर अनि आँखा चश्माको बाहिरबाट चश्माको पावरले फर्सि जत्रै देखिन्थ्यो ।घाँटीमैँ झुण्डीराखोस भनेर तुना पनि लाईदिएको थियो चश्मामा ।कोठामै खानलाई अफ्ठ्यारो मान्थे बुढाबा  चुलो उठाउनु हुन्न भन्थे । बिस्तारै बिस्तारै बुढाबाको खान्कि घट्यो ।एकरात बुढाबाले मुखीनीलाई सपनिमा देखे ।भोलिपल्टनै बुढाबाले छोरोलाई बोलाए र भने

"अब म बाँच्दिन जस्तो छ धेरै केटा ।तेरी आमा सपनामाँ आएर बोलाउन थाली । "

छोरोले रुन्चे मुख लायो अनि मनमनै सोच्यो बुढो शरिर कति चाँडो ढल्दो रहेछ ,अस्ति सम्म ठमठम हिँड्ने बा आज ओछ्यान मा थलीएर यस्ता कुरा गर्छन् ।

बुढाबा थलिएको कुरो गाउँ भरि फैलियो ।गाउँ भरिका बुढापाका को ओइरो लाग्यो घरमा थोरै बेर फेरि पुराना कुरा गरेर मन बहलाए बुढाबाले । घरभरि त्यो दिन जु्त्ता र लठ्ठिका थुप्रा थीए ।बुढाबाले लठ्ठि हरु सबै हेरे । अस्ति कान्छोले ल्याएको लठ्ठि कस्तो रहेछ फेरि हेर्न मन लाग्यो बुढाबालाई ।त्यो दिन अरु दिनको तुलनामाँ खाना पनि धेरै रुच्यो बुढाबालाई ।खाना खाने बित्तिकै बुढाबाले कान्छालाई लिन पठाए ।

" अस्ति तैले ल्याएको दाउरो यहिँ राखीस कि फ्याकिदिइस कान्छा?"बुढाबाले सुस्तरि सोधे ।

कान्छोले कुनाबाट झीकेर बुढाबालाई डराई डराई लठ्ठि देखायो ।बुढाबाले धित मरुन्जेल लठ्ठि हेरे लठ्ठी आफ्नो जस्तो लाग्यो अनि अरु बुढाहरुको भन्दा राम्रो रहेछ जस्तो पनि लाग्यो बिस्तारै लठ्ठि समाए ।सजिलो कसरि समात्दा हुन्छ हेरे अनि ओछ्यानको छेवैमा थन्क्याए ।

भोलिपल्ट बिहान बुढाले अरु दिन भन्दा छिट्टै चिया पकाउन बुहारिलाई भने ।चिया खाईसकेपछि गिलास लिन जाँदा बुढाबा ओछ्यानमाँ थिएनन् लठ्ठि पनि थिएन ।बुहारि हत्तपत्त बाहिर निस्कि ।बुढाबा लठ्ठि टेकेर कहिले घाम उदाउला भनेर पुर्वतिर हेर्दै थिए ।

 

यो कथा यति नै ।

 


 
Posted on 03-15-08 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaha gaye holan ta budhabaa?

Hindu sanskarma buhari lee sasura ko khutta malis gardainan(chhuna pani mildaina) yo kura kina birseko fucheketo?


 
Posted on 03-15-08 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malis garna ko ta k kura, chhuna pani chhudainan buhari le sasura ji lai

Ki sasura buhari ali dhani khandan ko hunu parchha ki chahi   tallo jaati(btw i m not racist, but according to nepali society) ko hunu parchha natra story flop.


 
Posted on 03-16-08 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pops and sabaiko satru jee-I was just tryin to show मान्छेको मुख्य कुरा मन हो शरिर भन्दा पनि तर convey गर्दा बिचमा गल्ति भएछ ,यो कथा काल्पनिक हो त्यसैले पनि होला ,सुछ्म रुपमा नियालि दिनु भएकोमा धन्यवाद ।


 
Posted on 03-16-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटो जी,

फरक बिषयबस्तु पढ्न रमाइलो लाग्यो। कथा पढ्दा मैले मेरो बाबालाइ पनि पढें। मन अलिकति कुढिंयो। उमेरले कसरी  असक्त बनाँउछ भन्ने कुरा सारै चित्त बुझ्ने तरिकाले लेख्नु भएकोमा धन्यबाद!


 
Posted on 03-16-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo pani ramro cha.
 
Posted on 03-17-08 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदमै राम्रो !

 
Posted on 03-17-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनी सम्झें मेरा बा लाई, उहांले कहिलेइ पनि लौरो को सहारा लिनु भएन, लिन मान्नु भएन। पहिले ५ मिनेटमा उक्लने उकालो पछी १ घण्टा लगाएर पनि उक्लनु भो, तर कहिलेइ लट्ठी टेक्नु भएन। जीवन कसैको साहारामा बाच्नु कती कस्ठकर छ!
 
Posted on 03-17-08 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy_love- Thanks for the support u r providing me

Heartthrob-thanks

jagatadhari-thanks dear ,eagerly waiting for ur stories.......कहिले आउने हो साझामाँ?

सुर न ताल दाइ धन्यवाद धनकुटामा तपाईलाई चिन्ने अर्को एक जना दाइ हुनुहुन्छ नि ! "राजन भट्टराइ" चिन्नु हुन्छ होला?

 


 
Posted on 03-19-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनेको छु जस्तो लाग्छ। मेरो तर्फ बाट हेल्लो भनिदिनु है।
 
Posted on 03-20-08 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this story is like an abstract art..........
badhai cha..............
great work

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters