[Show all top banners]

sumedhu
Replies to this thread:

More by sumedhu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्ड पथको अर्दलीकरण
[VIEWED 7019 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-09 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
अर्दली बन्ने पालो अब छापामारको, सयौ छापामारहरु नेताहरुको घरघरमा

Hitssmaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं। लोकतन्त्र स्थापनापछि नेपाली सेनाभित्र अर्दलीका रूपमा तल्लो तहका सिपाहीहरूलाई घरेलु काममा लगाउने परम्परामा व्यापक कटौती गरिएको छ।  यो गलत र सामन्ती परम्पराको नयाँ उत्तराधिकारीका रूपमा माओवादी पार्टी र उसको जनसेना देखापरेको छ। माओवादीका सबैजसो केन्द्रीय सदस्यहरूले जनसेनाका तल्लो तहका छापामारहरूलाई अर्दलीका रूपमा आफ्नो घरायसी काममा लगाइरहेका छन्। हरेक क्यान्टोनमेन्टका उपकमान्डरभन्दा माथिका छापामारहरूले पनि अर्दली राखेको पाइएको छ। राज्यको तलब भत्ता उपलब्ध हुने सैनिकलाई अर्दलीका रूपमा राख्दा आफूले कुनै सुविधा दिनु नपर्ने भएकाले राणाशासनमा मात्रै होइन, राजतन्त्रका बेला पनि यो प्रथा जीवितै थियो। यस्तो प्रथालाई सामन्ती संस्कार भन्दै आएका माओवादी नेताहरूले राणा र शाहहरूकै शैलीलाई निरन्तरता दिएपछि छापामारहरूमा असन्तुष्टि सुरु भएको छ।  
यसैगरी, आफ्ना परिवारका बेरोजगार सदस्यहरूलाई जनसेनामा जागिर लगाउने र घरमा बसी बसी तलब बुझ्ने क्रम पनि माओवादीभित्र बढेको छ। माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माकी श्रीमती लक्ष्मी जनसेनाको कम्पनी कमान्डरका रूपमा क्यान्टोनमेन्टमा दर्ता छिन्। उनको पार्टी नाम विद्युत् हो। गृहिणीका रूपमा श्रीमान्सँगै काठमाडौं बस्ने लक्ष्मीले राज्यकै तलबभत्ता पाउने गर्दछिन्। तेस्रो डिभिजन कमान्डर सन्तोषकी श्रीमती र केन्द्रीय सदस्य बलदेवकी श्रीमतीको नाम पनि कम्पनी कमान्डरका रूपमा क्यान्टोनमेन्टमा दर्ता छ। आफ्नो घरमा बसेरै उनीहरूले पनि सरकारी तलबभत्ता बुझ्दै आएका छन्। सभासद् रूपा चौधरीका श्रीमान् पनि सातौं डिभिजनको  
ब्रिगेड कमान्डरका रूपमा तलबभत्ता बुझी श्रीमतीसँगै काठमाडौंमा बस्छन्। श्रीमान् र श्रीमतीलाई अलग अलग ठाउँमा नराख्ने नीतिअन्तर्गत क्यान्टोनमेन्टमा दर्ता भएका कतिपय छापामारलाई काठमाडौंमै बस्ने व्यवस्था मिलाइएको पार्टी स्रोतले जनाएको छ।  
'सबैभन्दा ठूलो आवश्यकता पेट र दोस्रो आवश्यकता पेटमुनि' भन्ने कुरा माओवादीभित्र उखानजस्तै बनेको छ। पेट र पेटमुनिको आवश्यकता पूरा नभए मान्छेले जुनसुकै बेला पनि विद्रोह गर्नसक्ने निचोड निकाल्दै माओवादीले जनयुद्धमा पनि महिला पुरुषलाई बराबरीको रूपमा खटाएको थियो। जसमध्ये अधिकांशले आपसमा बिहेबारी गरिसकेका छन्। लोग्नेको किटान नभएका बच्चा जन्माउने छापामारको संख्या पनि उल्लेख्य छ। एउटा छापामारकी श्रीमती अर्को छापामारसँग सल्कने क्रमलाई नियन्त्रण गर्न माओवादीलाई निकै कठिन परेको बुझिएको छ। यो मामिलामा तल्लो तहका छापामारभन्दा कमान्डर नै अगाडि छन्। कमान्डर स्तरमै यो घटना बढ्न थालेपछि उपकमान्डर वर्षमान पुन अनन्तले आफ्नी श्रीमतीलाई एक्लै बाहिर जान प्रतिबन्ध लगाएका छन्। उपकमान्डर नन्दकिशोर पुन पासाङले आफ्ना सहकर्मीकी श्रीमतीसँग यौन सम्पर्क राखेको प्रत्यक्षदर्शी एक छापामार हाल बेपत्ता छन्। तल्लो तहका छापामारहरूलाई अर्काकी श्रीमतीसँग यौन सम्पर्क राख्दा कारबाही हुने र उपल्लो तहका छापामारहरूले यस्तो काम गर्दा थाहा पाउनेकै ज्यान जोखिममा पर्ने क्रम पनि बढ्दो छ। यस्ता समस्यालाई मध्यनजर राख्दै तीन वर्षभन्दा कम उमेरका छोराछोरी भएका र पेट बोकेका महिला छापामारलाई बढीमा तीन वर्ष बिदा दिने भन्दै हेडक्वार्टर प्रचण्डले सर्कुलर जारी गरेका थिए। तर घरमा पठाउँदा प्रतिक्रियावादीहरूले दिमाग भुट्न सक्ने सम्भावना रहेको निष्कर्ष निकाल्दै क्यान्टोनमेन्टकै निगरानीमा नजिकका गाउँहरूमा बसोबासको व्यवस्था मिलाउन थालिएको छ। सातवटा डिभिजनमध्ये एउटा डिभिजनमा २७ सयदेखि ४२ सय छापामार रहेका छन्, जसमध्ये अधिकांश बालबच्चासमेतका जोडी छन्। उनीहरूले पाउने मासिक तलबमध्ये एक हजार रुपैयाँ पार्टी सञ्चालनका लागि हेडक्वार्टरमा पठाउने, एक हजार रुपैयाँ जनयुद्धमा अंगभंग भएकाहरूको पालनपोषणका लागि छुट्याउने र एक हजार रुपैयाँ वाईसीएलका लागि कट्टी गर्ने गरिएको छ भने मासिक दुई हजार रुपैयाँ रासनका लागि भनेर कटौती गरिएको छ।  
दशैं–तिहार बिदामा घर गएका प्रायःजसो कमान्डरहरू क्यान्टोनमेन्ट फर्केका छैनन्। सातौं डिभिजन कमान्डर राकेश हेडक्वार्टरमै अड्डा जमाएर बसेका छन्। अब विद्रोहमा जान जनसेना तयार नभएकाले शान्ति प्रक्रियाबाटै सत्ता प्राप्तिको बाटोतर्फ लाग्नुपर्ने कुरामा सभासद् तथा केन्द्रीय सदस्यहरूलाई कन्भिन्स गर्न उनलाई अध्यक्ष प्रचण्डले हेडक्वार्टरमा राखेका हुन्।  
जनसेनाका बिग्रेड कमाउन्डरभन्दा माथिका कतिपय छापामारहरूले तस्करसँग सिधै सम्पर्क विस्तार गरेका कारण व्यापक सरुवाको तयारीमा हेडक्वाटर जुटेको छ। पछिल्लो डिभिजन कमान्डर यमबहादुर अधिकारी प्रतीक्षामाथि ठूलै लाञ्छना लागेको छ। बिग्रेड बिग्रेड सरुवा गर्ने तयारी सुरु गरिएको छ। जनसेनाका सात डिभिजनमध्ये पहिलो र छैटौंबाहेक प्रायः सबैमा पकड जमाएका जनार्दन शर्मा प्रभाकरले तेस्रो डिभिजनका धनबहाुदर गाहामगर र तेजबहादुर बोगटीलाई सरुवा गरेका छन्। दोस्रोमा शुकबहादुर बुढाऐरलाई फिट गरिएको छ। सातौंका प्रज्वललाई छैटौंमा सरुवा गरिएको छ भने दीपकलाई तेस्रोमा ल्याउने तयारी भइरहेको छ।

Posted on 11-04-09 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
अर्दली बन्ने पालो अब छापामारको, सयौ छापामारहरु नेताहरुको घरघरमा

smaller text tool iconmedium text tool iconlarger text tool icon

Posted on 11-04-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
shrot? link pani pau na..

You can only sympathize with the Maoist karyakarta..

First they were made to kill their own villagers, so now they have no place to go. Then they were put in cantonment, and now they are liberated to be the slave of their party leaders.

These kids just wasted their one precious life.

Posted on 11-04-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Sorry to see them suffer and sorry to hear them how they got into this vicious cycle.
 Now these people may want to go back to jungle because it was the best part for them considering present situation.

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters