[Show all top banners]

sumedhu
Replies to this thread:

More by sumedhu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अथ: श्री माओयज्ञ भँव !
[VIEWED 7596 TIMES]
SAVE! for ease of future access.
Posted on 07-15-09 4:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी अस्पताल' लाई सार्वजनिक जग्गा दान

smaller text tool iconmedium text tool iconlarger text tool icon

किरण भण्डारी, काठमाडौं असार ३१-
'माओवादीद्वारा सञ्चालित' जनमैत्री अस्पतालले लगाएको पुराणमा करोडौं रकम बराबरको जग्गा जबर्जस्ती र अवैधानिक रुपमा 'दान' दिएको पाइएको छ । 
माओवादी नेता-कार्यकर्ताको सक्रियतामा अस्पतालले लगाएको श्रीमद्भागवत नमूना ज्ञान महायज्ञमा विभिन्न गाविसलाई दाता बनाएर माओवादी र वाइसिएल कार्यकर्ताले ३८ करोडभन्दा बढी मूल्यको जग्गा दान घोषणा गरेका छन् । 
पुराण वाचनका क्रममा काठमाडौं जितपुरफेदी गाविस ९० र वालुवा गाविसको नाममा ७० रोपनी जग्गादानको घोषणा गरिएको छ । त्यसैगरी सल्यान थारमारे र जिमाली २ सय ५० रुकुम तकसेरा १ सय ५० र दाङ पुरनधारा गाविसले ५ बिगाहा जग्गा दानको घोषणा गरेका थिए । 

गाविसको नाममा दान घोषणा गरिए पनि त्यसको जानकारी दिन महायज्ञस्थलमा माओवादी स्थानीय नेता र कार्यकर्तामात्र आएका थिए । आफ्नो गाउँको सरकारी जग्गा दान दिइसकिएकोबारे अरु दलका नेता÷कार्यकर्ता मात्र हैन गाविस सचिवसमेत बेखबर छन् । 

'जनमैत्री अस्पतालले डेढ/दुई महिनादेखि हाम्रो गाविसको जग्गामा आँखा लगाइरहेको थियो तर कसले दान दियो थाहा छैन', वालुवा गाविस सचिव लक्ष्मीप्रसाद तिम्सिनाले भने । १५ करोड मूल्यांकन गरिएको वडा ६ राधाडिलको जग्गा अस्पतालले कसरी दान पायो भनेर सचिवमात्र हैन वालुवावासी आक्रोशित र अचम्भित छन् । 
दानको घोषणा गर्न गाविस वाइसिएल इन्चार्ज मोहन भण्डारी यज्ञस्थल पुगेका थिए । गाविसमा एनेकपा माओवादीको प्रतिनिधित्व पनि आफैंले गर्ने र सबैको सहमति लिन सकिन्छ भनी दान दिएको स्पष्टीकरण उनले दिए । 'अस्पतालले जग्गा खोजिरहेको थियो', उनले भने- म आफैं लागेर मोटरबाटोसमेत भएको राम्रो जग्गा मिलाइदिएको हुँ ।

जग्गा दिने व्यक्तिको स्वामित्व र आधिकारिकता बेवास्ता गर्दै ती जग्गामा भौतिक संरचना निर्माणको योजनासमेत बनिसकेको छ । 'अस्पतालको रोडम्यापअनुसार दानमा आएको जग्गामा मेडिकल कलेज, ज्येष्ठ नागरिक संरक्षण गृह, अन्तर्राष्ट्रिय बौद्विक गृह निर्माण हुन्छ', प्रबन्ध निर्देशक कृष्णप्रसाद शर्माले नागरिकसँग भने- परोपकारी काम गर्न लागेका हामीलाई माओवादी भनेर मुछ्नुको अर्थ छैन । 

माओवादी संरक्षणमा रहेको अस्पतालले साउन २१ देखि २९ सम्म महायज्ञ लगाएको छ । महायज्ञमा माओवादी नेता बाबुराम भट्टराई, जनार्दन शर्मा,  हिसिला यमीलगायत उपस्थित थिए । 

अस्पताल व्यवस्थापन र दाताहरुसँगको कुराकानीअनुसार अस्पतालले पहिल्यै रोजेको जग्गालाई यज्ञमा दान गराउन खोजिएको देखिन्छ । जितपुरफेदीको जग्गा कसरी दान दिनुभयो भन्ने प्रश्नमा गाविसका माओवादी प्रतिनिधि भोलानाथ अर्याल भन्छन्- 'डेढ महिनादेखि अस्पतालले जग्गा खोजिरहेको थियो । सामुदायिक वन उपभोक्ता समिति राजी भएर जग्गा दिएको हो ।'

वडा ५ मा रहेको सालकोट सामुदायिक वन उपभोक्ता समितिको हवाला दिँदै भोजराज घिमिरॆले २४ गते यज्ञस्थलमा जग्गादानको घोषणा गरेका थिए । अन्य दलका प्रतिनिधि र गाविस सचिवलाई जग्गा दानबारे थाहा छैन । 

'गाविसभित्र कुनै सरकारी जग्गा दान दिइएको छैन', सचिव वासुदेव फुयाँलले भने- मलाई मात्र हैन कांग्रेस एमाले मालेका प्रतिनिधिलाई पनि औपचारिक जानकारी छैन ।' सामुदायिक वनको जग्गा दिने अधिकार उपभोक्ता समिति हैन मन्त्रीलाई पनि नभएको भन्दै वन कार्यालयले आपत्ति प्रकट गरेको छ ।
'दान दिएर धर्म कमाउन खोज्नेले आफ्नो सम्पत्तिबाट दिन सक्नुपर्छ सरकारी जग्गा ताक्ने हैन', जिल्ला वन अधिकृत वृजकुमार यादवले भने- वन क्षेत्रमा कोही भोगचलन गर्न आउँछ भने हामी बल प्रयोग गरेर हटाउँछौ ।

काठमाडौं बाहिरबाट प्राप्त जग्गा अस्पताल सञ्चालकहरुको गृहजिल्लाका गाविसमा छ । कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखअनुसार अस्पतालका अध्यक्ष डा. रवीन्द्रप्रसाद राजभण्डारी संचालकद्वय केशवप्रसाद शर्मा र कल्पना शर्मा दाङ निवासी हुन् । प्रबन्ध निर्देशक शर्मा सल्यान र सञ्चालक कृष्ण रेग्मी रुकुमका हुन् । 
अस्पताल व्यवस्थापनले ७५ जिल्लाबाटै जग्गादान पाउने ठोकुवा गरेको छ । 'यो सुरुवात् मात्र हो, मुलुककै पहिलो परोपकारी अस्पताल भएकाले पचहत्तरै जिल्लाबाट जग्गा दान पाइन्छ भन्ने विश्वास हामीलाई छ'- शर्माले भने । 
जनमैत्री अस्पताल गैरनाफामूलक उद्देश्यले स्थापित कम्पनी हो । कम्पनी ऐन २०६३ को दफा १६६ अनुसार आर्थिक वर्ष २०६४/६५ सालमा दर्ता भएको अस्पतालले आयकर छुटसमेत पाएको छ । 
महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गरेका थिए । अस्पतालले दिएको जानकारीअनुसार महायज्ञमा ५१ करोड रुपैयाँ बराबरको जिन्सी तथा नगद दान संकलन भएको थियो । भक्तजनले ४० करोड रुपैयाँ बराबरको जग्गा र ११ करोड नगद दान गरेको बताइएको छ । 
गाविसको नाममा जग्गा दान भए पनि आफूहरुको कुनै सहमति र सहभागिता नभएको भन्दै स्थानीय विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 'संघसंस्थालाई एक इन्च जग्गा दिन पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ', प्रवक्ता दिनेश थपलियाले भने- कम्पनी ऐनअनुसार दर्ता भएको संस्थालाई सरकारले त केही दिन सक्दैन भने सयौं रोपनी जग्गा कसरी दान दिन पाइन्छ ?


दान दिइएको जग्गा 
गाविस                                      क्षेत्रफल                           मूल्य                           स्वामित्व
जितपुरफेदी- ५ काठमाडौं         ९० रोपनी                       १७ करोड                     सामुदायिक वन
वालुवा-६ काठमाडौं                   ७० रोपनी                       १५ करोड                      सरकारी 
गोदावरी- ७ ललितपुर              २ रोपनी                          २ करोड                        निजी उमेश श्रेष्ठ
थारमारे र जिमारली सल्यान    २५० रोपनी                   ४ करोड                        सरकारी
तकसेरा रुकुम                         १५० रोपनी                    २ करोड                           सरकारी
पुरनधारा दाङ                         ५ विगाहा                        २५ लाख                         सरकारी

 
Posted on 07-15-09 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Today, they donate plots tommorow they will donate country to India with another 12 points treaty.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters