[Show all top banners]

JagataDhari
Replies to this thread:

More by JagataDhari
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरी हुन नसकेकी श्रीमती (भाग - ३)
[VIEWED 8365 TIMES]
SAVE! for ease of future access.
Posted on 01-09-08 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२ बाट क्रमश ..........................

मेरी हुन नसकेकी श्रीमती बाइकबाट ओर्ली, संगै ओर्ली उसकी मायालु । हेल्मेट खोलेर उसकी मायालुले एक हातमा झुन्ड्याइ अनी ज्याकेट खोलेर त्यसैमाथी झुन्ड्याइ । उनिहरु दुबै गोदावरी जाने मुख्य गेटतर्फ लागे । घुम्दा मैले दुबैको अनुहार पुलुक्क देखें । किन किन मेरी हुन नसकेकी श्रीमतीभन्दा उसकी मायालुतर्फनै आँखाहरु केन्द्रित भए । मनमनै सोचें कस्ती केटा जस्ती केटी !!!

उनीहरु भीत्र छिरिसकेका थिए, म पनि बिस्तारै गेटतर्फ बढें, टिकट काटें र भीत्र छिरें । गेटमा उभिएका एक जना दाइ अचम्म संग मलाइ हेर्दै थिए, हुनपनि गोदावरिमा एक युवक टिकट काटेर एक्लै छिरेको उनले बिरलै देखेको हुनुपर्छ । बीचमा सुरक्षीत दुरी बनाएर म उनिहरुलाइ पछ्याउन थालें । कुर्ता सुरवाल लगाएकी, सर्लक्क ढाडसम्म झरेको कपाल, छिनेको कम्मर, फुकेको नितम्ब, मलाइ मेरी हुन नसकेकी श्रीमतीको सुन्दरतामा उसदिन पानि शंका थिएन । उसलाइ अंगालो मारेर हिंडेकि उसकि मायालु चैं फुल टिसर्ट र जिन्स लगाएकी, अग्ली, कस्ती कस्ती ! पछाडीबाट त सबैले केटा नै भन्छन् ल ! कपाल पनि छोटो काटेको, केटाको लागी भएत लामै हो तर केटीको लागी छोटो । एउटा ढीस्को छेउ पुगेर उनिहरु म भएतिर फर्के र त्यहि ढिस्को माथी बसे । म चैं उनिहरुलाइ फर्केको देखेर फुत्त एउटा रुखको आड लिएर लुकें । एकछीनपछी बीस्तारै अगाडिको ढिस्कोमाथी चढें जहाँबाट म त उनिहरुलाइ प्रस्ट देख्न सक्थें तर उनिहरुले मलाइ देख्न गाह्रो थीयो ।

माथी पुगेर रुखको आड लींदै चीहाएर हेरेको त, अरे ! कस्तो अचम्म ! मैले आँखा मीचेर फेरी हेरें ! द्रीश्य फेरीएन ! मेरी हुन नसकेकी श्रीमतीको छेउमा त कपाल पालेको जखमले केटो पो छ त !!! टिसर्ट, पेन्ट, ज्याकेट र हेल्मेट देखेपछी पो प्रस्ट भएँ, मैले अघीदेखी केटी भनेको उ त केटो पो रहेछ । दिमाग फनन्न घुम्यो, केही सोच्न सकिन, फर्केर थचक्क बसें । एकछीनमा फेरी हेर्न मन लाग्यो, उनिहरु त आलींगनमा बाँधीएर अधरका माध्यम बाट माया साटासाट गर्दै रहेछन् । अहँ, अब यहाँ बस्नु ठीक छैन, तर किन हो कुन्नि मलाइ त्यस केटीका अगाडी देखापर्न मन लाग्यो, उसलाइ लज्जित पार्न मन लाग्यो, उसको भन्डाफोर गर्न मन लाग्यो । शायद यसैलाई मैले आफ्नो उसदिनको अपमानको बदला मानें । म घुमेर उनीहरुको पछाडी गएँ र केही थाहा नभएजस्तो गरी सुरुसुरु बाटैबाट आएँ । उनीहरुको ढीस्को मुन्तिर पुगेपछी उतै फर्केर आश्चार्य मीश्रीत स्वरमा भनें, अरे, तीमी !!! यहाँ ???

उनलाइ अंगालोमा बाँधीरहेको Boyfriend ले एक्कासी हात हटायो । उनी एकटक मलाइ हेर्दै थीइन् । आश्चार्य, शंका र भयका रेखाहरु उनको मुहारमा कुदेको म प्रस्टै देख्न सक्थें । मलाइ ठुलो आत्मसन्तुष्टीको अनुभब भयो । “Sorry” भनेर म आफ्नो बाटो लागें । त्यसपछी उनीहरुले के के गरे, उनीहरुबिच के कस्ता कुरा भए, मलाइ थाहा हुने कुरै भएन ।

साँझमा टिभीमा समाचार हेर्दै गर्दा माबाईलमा नचिनेको फोन आयो ।

हेल्लो

हेल्लो, हजुर रजित हैन ?

हो, म रजित नै हो ! श्वर सुन्दा त चिने चिने जस्तो तर को ? को केटीले फोन गर्न सक्छे मलाइ यती राती ? मेरी हुन नसकेकी श्रीमती ???

को ? इशा हो ?

हजुर, ठीक चिन्नुभो !

ए, के छ त ? किन फोन गरी मलाइ यसले आज, दिउँसोको कुरालाई लिएर गाली गर्ने त होइन ? ल बाबै गाली खाइयो आज !

मैले तपाईसंग एउटा कुरा गर्न फोन गरेको !

के कुरा ?

अस्ति हजुर मलाइ हेर्न आउँदा मैले आफ्नो बारेमा जे भनें, त्यो ठीक होइन ।

ए धन्न गाली हैन रैछ । अब त आनन्दले बोल्दा हुन्छ । आज मेरो पालो !

कुन चै कुरा ? मलाइ त याद भएन, हामीले त धेरै बारेमा कुरा गरेका थीयौ !

त्यही मेरी केटी साथी छ भन्ने कुरा !

बल्ल ठेगानमा आईजस्तो छ, यस्का म !!!

तिम्रो केटी साथी ?? ए ! ए ! त्यो कुरा ??

भो भो, सम्झेजस्तो नगर्नुस, मलाइ थाहा छ, तपाइले त्यो कुरा बिर्सिन सक्नुहुन्न !

“……………………………………” अब के बोल्नु र मैले ?

मलाइ थाहा छ, मेरो त्त्यो कुरामा तपाईले अपमानित भएको अनुभब गर्नुभयो, तर मेरो उदेश्य त्यस्तो पक्कै थिएन । खासमा मेरो Boyfriend छ, तपाइले आजै देखीहाल्नुभो । त्यो बेला मलाइ हाम्रो हुन लागेको सम्बन्ध टार्नु थीयो, त्यसैले त्यस्तो भनेको !

“Boyfriend नै छ भनेको भए पनि मैले जबरजस्ती त गर्दिन थीएँ होला !

हो, मलाइ थाहा छ, तर त्यो बेला तपाइ एकदम नर्भस हुनुहुन्थ्यो । तपाइलाइ रातो पीरो देखेर त्यत्तिकै जीस्कन मन लागेर भनेको ! भनीसकेपछी मलाइ पनि गलत भएको अनुभब भयो, तर तपाइँत झन् नीलो कालो भएर जुरुक्क उठेर हिंडनुभयो । मैले सच्याउने मौकै पाइन । आशा छ तपाइले मेरो कुरा बुझेर मलाइ माफि दिनुहुन्छ !!!

अक्क न बक्क !!! आखीर एउटी केटीले जीवनमै पहिलोपटक माफी माग्दै छे, कसरी नदिनु ??

ल ठिकै छ, तर आइन्दा यस्तो मजाक नगर्नुहोला !

“So Friends ??”

“Ok, Friends !!!”

साँच्चै त्यस दिनदेखी हामी साथी साथी नै भयौ । ऊ साह्रै चुलबुले खालकी रहीछ । पहिला त मलाइ कसरी एउटी केटीले आफ्नो सम्बन्धको बारेमा कसरी यस्तो जीस्कन सक्छे जस्तो लाग्थ्यो, तर संगत गरेपछी थाहा पाएँ, उसले चैं सक्ने रहिछे । एकदमै चुलबुले, बोलक्कड र Frank.

त्यसपछीका मेरा दिनहरु साधारण नै बिते । अफीसमा रश्मीलाइ सधैं म नै हाँसेर “Good Morning” भन्थें, ऊ पनि आजकल म संग खुलेर कुरा गर्छै । साँच्चै एउटा सानो घटनाले मानीसको जीबनमा कस्तो प्रभाब पार्दो रहेछ । त्यसपछी धेरै पटक राकेश र मैले संगै बसेर धेरै समय बितायौ, रेष्टुरेन्टमा खायौ, फर्केर एउटै खाटमा पनि सुत्यौ । उसले मलाइ तिघ्रा पनि बोकायो, तर मलाइ उसको नियतमा कहिल्यै शंका लागेन, न कुनै दिन मैले शंका गरेको कुरा आत्मग्लानीले गर्दा उसलाइ भन्न नै सकें ।

 
Posted on 01-09-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएए कुरो बुझियो ल, ।।। जगटा धारी को पनि त मनै हो।।

राम्रो लाग्यो, लेख्दै गर्नु होला, ।।।। कस्तो जानेको हो लेख्न,।। मलाई त अझै नि त्यो "म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।।" भन्ने बाक्य ले झुम्म बनाएको छ।।।


 
Posted on 01-09-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज देखि म जगटाधारीको फ्यान भएँ। येस्तो पो कथा। मनोबिग्यान र मानब जिबनको जन्जाललाइ कस्तरी सजिलै फुकाइदिनु भयो हजुरले।...


 
Posted on 01-09-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ।

मलाई र 'धरतीमा कतै' जीलाई एउटै वाक्यले नराम्रो संग हानेछ। म पनि झुम्म छु त्यो वाक्यले!

"म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु"!  लाख रुपियाँको कुरा हो प्रभु!


 
Posted on 01-09-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो लेखाइ, रमाइलो कथा, रमाइलो हुदा हुदै सकिएझै छ।

हुनत पहिलो भागमै सकिए झै थियो। तेसैले केहि भर् छैन यो कथाको त, हुन नसकेकि श्रिमति पुन: केटी साथि बन्दै गोरेटो बदल्न सक्छिन्। जे होस्, मज्जा आयो।


अव एकैछिन् बिहेको कुरा गरुम्।

"म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु"!  सायद सबै ब्यक्तिहरु उमेरमा सामान्य जिवन साथिको खोजिमा हुन्छन, असामन्यले जिविकोपार्जन गर्न गारो पर्छ।

अव कसैले सामान्य भन्दा माथिको उत्तम जिवन साथि खोजि रहेको हो भने त्यो आफैमा असामान्य हो किनकि को ब्यक्ति कसरि उत्तम बन्छ भनेर छुट्याउने कुनै सम्यन्त्र छैन, कम्तिमा मेरो नजरमा।

र सबै सामान्य जिवन साथि खोजिरहेका अबिबाहितहरुलाइ मेरो सल्लाह, बिहे कोजाग्रत पुर्निमाको जुवा हो, जे पनि हुन सक्छ। आंट गरेर खालमा बसौँ, तेत्ति हो, मार्ने हार्ने त कस्ले देखेको छर। उफ्, मेरो २ पैसे कुरो, भुल चुक लिने दिने।


 
Posted on 01-09-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल ज्यु,

दामी कुरा गर्नु भयो हजुरले।

मेरो बिचारमा सामान्य भन्नासाथ असामान्य आँउछ र केटी सामान्य खोज्ने केटाले आफ्नो स्थिति पनि पुराबलोकन गर्न सकेको प्रस्तुति यो कथामा धेरै राम्रो लाग्यो। जब केटी खुलेर साथी बन्छे, केटाको असामान्यपन आफै सामान्य हुन जान्छ। तेसैले मेरो बुझाइमा "सामान्य केटी" को जुन चाहना छ त्यो असामान्य परिस्थीतिबाट जन्मिएको हो।

के गर्नु काम भन्दा कुरा धेरै गर्ने बानि भाको छ आजकल मलाइ त।

यो कथाले मेरो मनको गहिराइसम्म छोएको छ।


 
Posted on 01-09-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो सस्पेन्स कथा छुटिराखेको रे'छ ल।

"म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु"!  

जता पनि, जसलाई पनि लाग्ने। कस्तो अचुक गोली।  गजब छ जटाधरी-जी। लेख्दै जानुस,  पढदै जाम्ला।

 


 
Posted on 01-09-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एउटा सानो घटनाले मानीसको जीबनमा कस्तो प्रभाब पार्दो रहेछ"---जगटाधारी ज्यू कस्तो चित्त बुझ्ने कुरा गर्नु भयो। सानु घटनाले मान्छेको सोचाइमा धेरै ठुलो परिबर्तन् लेराउन सक्छ र यो कुरालाइ हजुरले सरल तरिकाले प्रष्ट पार्नु भएकोछ यो कथामा।
 
Posted on 01-09-08 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो भाग नि रमाइलो रेछ। लेखन शैलि राम्रो लाग्यो, कथाको उकाली-ओराली पनि चाखलाग्दो छ। बाकी भाग नि छिटै पढ्न पाम।
 
Posted on 01-09-08 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u were telling me u ll post it after few days only .........k ho sajhale taane jasto chha.....ani kt ko naam sandhya ho (refer to first part) not isha jhan bhaneko same mistake! eagerly waiting for the next post part 4 maile lekhnu parne ho????????????????
Last edited: 09-Jan-08 09:35 PM

 
Posted on 01-09-08 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somewhereunderearth : Thanx, I know you are always there for me.
crazy_love: तपाई मेरो फ्यान भएदेखी, म पनि तपाईको लभ मा परे है ल ।
birkhe_maila : "म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु", यही बाक्यले हान्नको कारण पहील्याउन खोज्दै छु म, हजुरहरु खोजीमा हो जस्तो लाग्यो ।
bhaute : भउते जी को पनि ताल त्यही हो ।
surNaTal: सुर न ताल जी, प्रोहत्साहन र बिबेचनाका लागी धन्यबाद ।
dipika02: धन्यबाद दीपीका जी ।
Nepalkochora: बाँकी भाग त खास भन्ने हो भने अब फुच्चे केटाको पालो हो, हेरौं, के गर्छ फुच्चे ले !
fucheketo: Hey dude, its your turn now. c'mon man, केही फुराउ !

पढीदिनुहुने र प्रतिक्रीया दिनुहुने सबै सबै लाई धेरै धेरै धन्यबाद ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters