[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नियति
[VIEWED 13472 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-12 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

खै यो कस्तो नियति?
कहिल्यै नसोचेको
र कहिल्यै नचाहेको
यो कस्तो अचम्मको परिस्थिति!
प्रतिक्षामै बित्थे मेरा सारा रातहरु एक बोली सुन्न जसको
भाग्दै हिंड्नुपर्ने किन मलाई?
आज जहाँ जहाँ हुन्छ उनको उपस्थिति ।

फूलको सुगन्ध सुँघ्न बन्चित पारिएको 
एउटा भँवरा झै भयो आज मेरो गति,
आकाशले धर्तीबाट सदा छुट्टिएरै बाँच्नुपर्ने,
यो के नियम लगाइदियौ तिमीले ए प्रकृति?
लालयित हुन्थे यी नजरहरु सदा एक झल्को हेर्न जसको
आज उनको तस्विरैले पनि खिस्सी मेरो गरे झै लाग्छ,
हेर्छु जति बल्झिन्छ घाऊ अनि पोल्छ यो मुटु भत्भती ।

रङहरु बिनाको ईन्द्रधनुष टाँगिएपछि
कति हाँस्दो होला त्यो कालो बादल?
अनि सूर्यले मान्दो हो लाज कति?
समय बितिसक्यो,
म किन सधैं त्यो अस्वीकृत काहानी बोकुँ ?
अनि किन ठाँनु त्यसलाई आफ्नो अमूल्य सम्पत्ति ?
बिर्सन खोज्छु म, अनि मिल्काउन खोज्छु त्यो कालखण्डलाई,
जसमा देखिएका सारा सपनाहरुको रंग उडिसक्यो ।
तर पनि खै सम्झना मात्रै बढ्छ यो मनमा, उनलाई बिर्सन खोज्छु जति ।

जति नै सजाउँ अब म यो प्रेमको मन्दिर
आस्थाको मूर्ति नै ढलेपछी यसको मूल्य कति?
एउटा दुखीको कामना लाग्ने भए लागोस् तिमीलाई
शुभकामना छ, मिलोस सफलता तिमीले चाहे जति
न रंगाउनसके त्यो सिउँदोलाई सिन्दुरे रंगले
न सजाउनसके तिमीलाई हरियो पोते अनि छड्के तिलहरीले ।
मुटु दुखाइ दुखाइ बाँच्न गार्हो भयो मलाई,
ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती ।


 
Posted on 05-12-12 5:41 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जी ति दाई तपाई को कविता को बारे बोलेर म तपाई को बेज्जत गर्न चाहन्न , मैले सम्झना सक्ने , बुज्न सक्ने र सोच्न सक्ने भन्दा धेरै माथि का हुन्छन तपाई का कविता हरु .
भाब को बारे मा भन्न पर्दा चै तपाई पनि म जसतै प्रेम पिडित हुनु हुदो रहिछ भनेर थाहा भो है . 

 
Posted on 05-12-12 6:43 PM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती --
सारै मार्मिक

 
Posted on 05-12-12 7:18 PM     [Snapshot: 102]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह कति गहन , कति मार्मिक  कविता !! 


मुटु चसक्क पार्ने यी २ लाइन को त झन के कुरा !!

"मुटु दुखाइ दुखाइ बाँच्न गार्हो भयो मलाई,
ए यादहरु हो, जाओ तिमीहरु पनि मेरो प्रेमसँगै सती
 "

 
Posted on 05-12-12 8:55 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते ब्रो,

कति मार्मिक ब्यथा त्यो
कति मार्मिक कथा त्यो
यादै याद को किताब न यो  हो जिन्दगी,
यादमै बर्बाद भएको हिसाब न हो यो जिन्दगी .

भाव र शैली उत्तम र पनि अझै रसिलो बनाउने ठाउँ भने प्रशस्त छन् है .


 
Posted on 05-12-12 9:03 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्न त भाग्योउ जिते दाइ तर लुक्न सकेनोउ जस्तो छ किन भने उनको सम्झना ले तपाइलाई जहाँ पनि भेटेको छ. सारै मार्मिक कविता, सारै राम्रो लग्यो
 
Posted on 05-13-12 10:55 AM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जितु-दा दामी लाग्यो.... मनै छुने नियति ...   अन्यथा नलिनुस ल  मेरो सानो टुक्रा पनि जोडदै छु

माया र यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन्
सम्झेर रसिलो चोट  कति पटक जीवनलाई निचोरेर पछार्छु
मीठो हिजो खल्लो आज अनि तितो भोलि बनौछु
हरेक कथाको एउटा व्यथा अनि हरेक व्यथाको एउटा कथा यहाँ
सुन्यौ कि सुनेनौ तिमीले तिम्रो मेरो गाथा गाउँछु  आजकाल जहा-तहाँ 
आसुले तिम्रो तस्बिर मुटुबाट पखाल्न खोज्छु
तर तस्बिरमाथि जमेका धुलो मात्र पखालिदारहेछ
हरेक पल हरेक क्षण तिम्रै यादमा सारै पिल्सियेछ मन
बिर्सन खोज्छु बल्जिंछ झन् झन् ||

- भाइ  थाने

 
Posted on 05-13-12 5:55 PM     [Snapshot: 434]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 न पोलेर जल्ने
न बिलाई जाने
आँखा वरिपरी तिम्रा तस्बिरहरु
घाइते मन सधै मर्ने  
 
जिते दाइ अब सृंगार रस सुरु गर्ने बेला भएन भन्या ? 

 
Posted on 05-13-12 6:57 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 वा गेओलोग्य तिगेर !
हजुरले येस्तो मार्मिक कविता लेख्नुहुदोरैछ !
निकै राम्रो छ 
 
Posted on 05-15-12 9:28 AM     [Snapshot: 562]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र अम्रिकाने, बचता, ठुल्दाइ, ठाने, डल्ले, हराएको नेपाली लगायत कविता मनपराइदिनु हुने सबैलाई धन्यवाद!

यो कविता अलि बढी नै यान्त्रिक भएको अनुभव त मलाई पनि भएको थियो ठुल्दाइ, अबका कविताहरुमा अलि बढी रसिक हुन कोशिस गर्ने छु

थाने भाइले जोडेको कविता पनि सार्है मनपर्‍यो

डल्ले अब वीररस लेख्ने बेला भयो जस्तो लागिराछ हामीलाई त हे हे हे

 
Posted on 05-15-12 11:42 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT,

khatara cha poem! sati ko sandarva dherai gahiro lagyo!

Keep writing!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters